२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर:
कञ्चनपुरको पश्चिमी सिमानाका गडडाचौकीमा सुरक्षा निकाएले लापरवाही गरिरहेका पाइएको छ । चाडपर्व नजिकिए संगै अहिले गडडाचौकी नाका भएर दैनिक २ हजार देख ३ हजारको हाराहारीमा नेपालीहरु आईरहेको भएपनि सुरक्षाको हिशावले फितलो व्यवस्थापन गरिएको पाइएको हो ।
सोमवार विहान गडडाचौकी नाकामा खटिएका प्रहरी तथा सश्सत्र प्रहरीहरुले कोरोनाको जोखिम घटाउन जोडतोडका साथ अहम भुमिका खेलेको देखिए पनि सामान चेकजाँचमा भने निकै लापरवाही गरेको पाईएको हो । भन्सार कार्यालय नजिक रहेको चेक पोष्टमा १ जना महिला सश्सत्र प्रहरी मात्रै रहेको र उनले पनि आएका यात्रुहरुको सामान जाँच नै नगरी पठाउँदै गरिरहेकी थिईन् । उता प्रहरीको चेक पोष्टमा पनि रहेका २ जना प्रहरी कर्मचारीहरु पनि चेकजाँच नै नगरी अटो गाडीहरुलाई बजार तर्फ पठाईरहेका थिए ।
कुकुरको फितलो चेक कैलालीबाट तालिम प्राप्त लिलि नामक कुकुरले गरिरहेको चेकजाँच पनि खासै राम्रो प्रभावकारी नभएको पाईएको छ । कुकुरले मात्रै ३ घण्टा सम्म काम गर्ने र पछि थाक्ने गरेकाले कुकुरलाई बिश्राम दिँदै काम गर्दा उक्त विश्रामको समयमा प्रहरीहरुले पनि चेकजाँच नगरि दिँदा अबैध सामानहरु भित्रिन सक्ने खतरा पनि रहेको स्थानीयको भनाई रहेको छ । मनपरी भाडा भारतबाट आएका नेपाली दाजुभाईहरु बाट अटो गाडीवालाहरुले मनलाग्दी भाडा असुल गरिरहेका छन् । गडडाचौकीबाट एकजनाको ५० रुपैँया भएपनि ८० देखी १ सय सम्म भाडा लिएको पाइएको हो । भारतको दिल्लीमा काम गर्ने बाजुराका दिनेश शाहीले १ सय रुपैँया दिएर बसपार्क सम्म आएको बताए । भारतमा लुटिएर नेपाल आएपनि आफनै देशमा पनि लुटिनु पर्ने गुनाशो पोखे । खानेपानीको समस्या भारतबाट आएका नेपालीहरुलाई कोरोना परिक्षणको लागि घाममा राखेर लामो लाईनमा बसाएर राख्दा उनीहरुलाई खानेपानीको व्यवस्था नभएको पाईएको छ ।
लाईनमा बसेका डोटीका माधव खडकाले २ घण्टा देखी लाईनमा घाममा बस्दा पानी खान नपाएर छटपटि भएको बताए । घाममा बसेर कोरोना परिक्षण गर्नुपर्ने अनि खानलाई पानी पनि छैन् । उनले गुनाशो गरे, यता गडडाचौकी नाकाका हेल्थ डेस्कका ईन्चार्ज डा.सन्तोष भटटले आफुले सम्बन्धित निकायलाई बारम्बर ताकेता गर्दापनि सुनवाई नभएको बताए । लाईनमा २ घण्टा देखी बसिररहेका वृद्धवृद्धा केटाकेटीहरु लाई पानीको लागि समस्या हुने गरेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी