२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर:
धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । शनिबार भएको फाइनल खेलमा डडेल्धुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी माथि कब्जा जमाएको हो । उपाधिसंगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कंचनपुरले पच्चिस÷पच्चिस हजार नगद सहित ट्रफी प्राप्त गरेका छन । पहिलो म्याच २५–२२ ले जितेको डोटीले दोश्रो म्याच २५–१३ ले जितेको थियो । त्यस्तै अन्तिम म्याच १७–१७ को बराबरी पछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ सजिलै उपाधी माथी कब्जा जमाउन सफल रह्यो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले बिजयी टिमलाई पुरस्कार तथा ट्रफी बितरण गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी