२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर :
डडेल्धुराको अमरगढी नगरपालिकामा कर्मचारीबीच हात हालाहाल भएको छ । अमरगढी नगरपालिकामा कार्यरत लेखापाल नरेश भट्ट, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र सूचना अधिकारी लालबहादुर साउदबीच हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशैंबिदा अगाडि सम्पूर्ण काम समाप्त गरौं भनेर कार्यालय समय पश्चात् साँझ ६ बजेसम्म काम गरिरहेको आफु माथी एक्कासी साउदले मादक पदार्थ सेवन गरेर गाली गलौज गर्दै हातपात गरेको लेखापाल नरेश भट्ट बताए । सूचना अधिकारी साउदले आफूमाथि हातपात गरिरहेको देखेपछि प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले छुटाउँदा उनको पनि घाँटीमा समातेर लछारपछार गरेको उनले बताए । प्रहरीले साउदलाई नियन्त्रणमा लिएपनि शनिवार हाजिरी जमानीमा छोडिएको र पछि सम्पर्कमा आउनको लागि भनिएको प्रहरी निरिक्षक प्रहरी प्रवक्ता राजेन्द्र चन्दले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी