२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर:
महाकाली अस्पतालमा एक सुत्केरीको महिलको मृत्यु भएको छ । शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षिया भागरथी साउँद धामीको मृत्यु भएको हो । बच्चा जन्माइ सकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताएका छन् । घटनाको विवरण वेदकोट नगरपालिका ९ का जितेन्द्र धामीले आफनो श्रिमतीलाई गर्भवती चेकजाँच गर्नका लागि असोज २२ गते विहान १० बजे सकुसल महाकाली प्रादेशिक अस्पतालमा ल्याए । उनकी श्रिमतीलाई पहिलो चरण को सुत्केरी व्यथा लागे पछि उनले अस्पतालमा गर्भवती गराउन ल्याएका थिए । अस्पतालका डा. कविता यादवले गर्भवतीलाई चेकजाँच गर्दा सबै ठिक भएको पाठेघरको ५ वटा मुख खुलिसकेको छ र रगतको व्यवस्था गर्नुहोस भनेर भनिएको उनका श्रिमानले बताए । “आफु रगतको व्यवस्था गर्न नजिकै रहेको रेडक्रमा गए ।” उनले भने, “रगत लिएर आउँदा खेरी आमाको अवस्था अलि खराब भएको छ भनेर भनियो ।” ठिकै छ भनेर सोचे आफैले अपरेसन गर्ने ठाँउमा प्य्राएर आए त्यतिबेला सम्म पनि बिरामीको अवस्था ठिकै थियो । उनले भने, सुरुवात देखी नै महाकालीअस्पतालका डा. सोमनाथ घण्डारीले नियमित चेकजाँच गर्दै आएको र महिलालाई कुनै पनि समस्या नदेखिएको उनले बताए । विहान अस्पताल लगेको महिलाको अवस्था ठिकै हुँदा अचानक अपरेसन गर्नु पर्ने भनेर भित्र लगेर गएको, अवस्था नाजुक छ अपरेसन गरेर बच्चालाई निकाल्नु पर्नेछ, ब्लड प्रेसर कम भएको छ भन्दै डाक्टरहरुले भनेपछि आफुलाई शंका लागेको श्रिमान जितेन्द्रले बताए । अपरेसन गर्न लगेको आधा घण्टा पछि आएर बिरामीलाई आईसियु सघन कक्षमा राखेर उपचार गर्दैछौ केही पनि भन्न नसकिने बताए पछि आफुलाई एउटा मन्जुरी नामामा हस्ताक्षर गर्न लगाउँदा आफुले नगरेको उनले बताए । बिरामीको मृत्यु भईसकेपछि आफन्त लाई खबर गर्नुको साँटो प्रहरीलाई बोलाएर अनि मात्रै आफन्तलाई महिलाको मृत्यु भएको छ, भनेर खबर गरिएको मृतक महिलाका श्रिमान जितेन्द्रले बताए । आफना रिुमतीको पहिला नै मृत्यु भई सकेको र चिकित्सकहरुले बहाना मात्रै बनाएर उपचार गरे जस्तो गरेको उनले आरोप लगाए । विगतका दिनहरुमा पनि अस्पतालका चिकित्सकहरुको लापरवाहीले गर्दा धेरै ले अकालमा ज्यान गुमाएको अवस्थामा अब देखी अस्पतालले यो विषयमा भएका त्रुटीको सत्य तथ्य छानविन गर्नुपर्ने अधिवक्ता तथा मृतका आफन्त वेदकोट नगरपालिका १० का भक्तबहादुर सिंह धामीले बताए । यो घटनाको सत्य तथ्य छानविन हुनु पर्ने, बच्चाको लाललपालन हुनु पर्ने, र काजक्रिया खर्चको व्यवस्थापन गरिनु पर्ने माग रहेको उनले बताए । अस्पतालको भनाई महाकाली अस्पतालका मेसु डा. हरिकुमार श्रेष्ठले गर्भवती महिलाको साल र नाभी छुटिटएका काराणले रगत बग्यो र महिलाको ब्लड प्रेसरमा कमी फोक्सोमा थुक जमेको कारणले मृत्यु भएको बताएका छन् । महिलाको शरिरबाट पानी र अलिकता रगत बगिरहकाले आफुले साल टुटेपछि रगत बगेको होकी भनेर यकिन गर्न महाकाली अस्पतालका डा. सोमनाथ भण्डारीलाई बोलाएको महिलाको उपचारमा खटिएकी डा.कविता यादवले बताईन् । डा. भण्डारीले अवस्था नाजुक रहेको छ अपरेसन गर्नुपर्छ भनेर अपरेसन कक्षमा लगेर गएको र महिलाको ब्लड प्रेसरमा कमी, फोक्सोमा थुक जमेको कारणले मृत्यु भएको उपचरामा संलग्न डा. भण्डारीले बताए । सकुसल अस्पतालमा उपचार गर्न ल्याईएकी महिलाको अवस्था अचानक कसरी बिग्रिन गयो भन्दै आफन्त आक्रोसित भएका छन् । चिकित्सकको लापरवाहीको कारणले महिलाको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । अहिले मृतक महिलाका आफन्त सहायक प्रमुख जिल्ला अधिकारी र अस्पतालका चिकित्सक बिच छलफल भईरहेको छ, भने अहिले अस्पताल व्यवस्थापन समिती विहिन रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी