२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर:
दार्चुलामा ९ वटा भेडा बोका सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नदीमा भारतबाट नेपालतर्फ तार्दै गरेको अवस्थामा प्रहरीले अवैध ९ वटा भेडा र बोका सहित चार जनालाई नियन्त्रणमा लिएको हो । महाकाली नगरपालिका १ को सल्लेबगरमा बुधबार राती करिब ११ बजे भारत पिथौरागढको धार्चुला गलाती भएर नेपालतर्फ तार्दै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताएका छन् । दशैंका लागि महाकाली नदी भएर बोका नेपालतर्फ तार्दै गरेको सूचना पाए लगत्तै प्रहरी निरीक्षक विश्वकर्मा नेतृत्वको टोलीले तीन बोका र ६ वटा भेडा बरामद गरेको बताइएको छ । बरामद गरिएका ९ वटै भेडा र बोका मरेका छन् । भारतबाट बिना अनुमती र परीक्षण पशुचौपायाको ओसारपसार गर्न प्रतिबन्ध गरिएको छ । बोका सार्ने कार्यमा संग्लन चार जनामाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी