२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीमा भन्सार कार्यालयमा जडान गरिएको सामान जाँच्ने एक्सरे मेसिन वस्तुस्थितीको अध्ययन नै नगरी ल्याईएको पाईएको छ ।
२०७३ सालमा ८९ लाख खर्च गरेर ल्याईएको मेसिन अहिले प्रयोग विहिन भएको छ । भारतिय सिमानाकामा भारतबाट आउने नेपाली र भारतिय हरुले ठुला ठुला बोरीमा राखेर सामानहरु ल्याउने गरेका छन् तर उक्त मेसिनले ससाना ब्यागहरु ३२ देखी ३६ ईन्चका सुटकेशहरु मात्रै स्क्यान गर्ने गरेको गड्डाचौकी भन्सार कार्यालय प्रमुख मीमान्स अधिकारीले बताए ।
आफु गड्डाचौकी भन्सार कार्यालयमा आएको करिब १ वर्ष पुग्नै लाग्दा पहिला नै उक्त मसिन खरिद गरेकाले यस नाकाका लागि मसिन सानो भएको बताए । “भारतबाट आउने नेपाली र भारतीहरुले ल्याएका झोला सुटकेशहरु ठुलाठुला हुन्छन् । ” उनले भने, “यो मसिनले उनिहरुले ल्याएको झोला ब्यागहरु ठुलो हुने बढी तौलको हुने भएकाले एक्सरे गर्न सक्दैन ।”
मसिन बिग्रीएको ४ वर्ष पुरा
अहिले उक्त मसिन बिग्रीएको पनि ४ वर्ष पुग्नै लाग्दा कार्यालयले उक्त मसिन मर्मत गर्नमा खासै चासो देखाएको छैन् । करिब एक वर्षसम्म उक्त मसिनले सिमानाका भएर आउने सामानहरुको चेकजाँच पनि गय्रो, तर मेसिन चलाउन सक्ने दक्ष जनशक्तिको अभाव र लामो समयदेखि बन्द हुँदा बिग्रेका कारण सञ्चालनमा ल्याउन सकिएको छैन् ।
गड्डाचौकी भन्सार कार्यालय प्रमुख अधिकारी आएको एक वर्ष बित्दा पनि मसिन मर्मत गर्नुपर्नेमा हातैले सामान चेकजाँच गरिनु भन्सार कार्यालयमा अनियमितता हुन सक्ने आशंका स्थानीयहरुले गरेका छन् ।
आफुले काठमाण्डौमा रहेको सप्लायर्स संग कुरा गरेको र छिटटै मर्मत गरि संचालनमा ल्याइने गड्डाचौकी भन्सार कार्यालय प्रमुख अधिकारीले बताए ।
नेपाली नागरिकलाई सास्ती
भारतको मुम्वईबाट आएका बाजुराका धने विकले गडडाचौकी नाकामा आफनो सामान जाँच गराउदा सास्ती खेप्नु परेको बताए ।
“सबै सामान बाँधेको हुन्छ ठुलाठुला झोला प्लाष्टिको बोरीमा ल्याएका छौ ।” उनले भने, “तिन चार ठाँउमा खोलेर देखाउदा समस्या हुन्छ सामान पनि खुल्ने हराउने डर हुन्छ मसिन भएको भए सजिलो हुने थियो ।”
पुग्दा ३ ठाँउमा चेकजाँच गराए अहिले चाडपर्वको समयमा नाकाबाट आउने नेपालीहरुको पनि भिड बढेको छ । उनीहरूलाई सशस्त्र प्रहरी, प्रहरी र भन्सार कार्यालयले छुट्टाछुट्टै स्थानमा जाँच गरिरहेको छ । एक्सरे मेसिन सञ्चालनमा आएको भए एकै ठाँउबाट जाँच गर्न सकिने र अनावस्यक सास्तीबाट छुटकारा पाईने थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी