२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर:
सिमान्तकृत महिला समुहका महिलाहरुलाई तिन दिने नव उद्यमशिलता तालिम सम्पन्न गरेको छ । आईतवार देखी शुरु भएको उक्त तालिममा कञ्चनपुरको बेलाडाँडी गाँउपालिका र शुक्लाफाँटा नगरपालिकाका ३० जना सहभागीहरुको सहभागितामा तालिम संचालित गरिएको थियो । सिमान्तकृत महिला समुहका एकल महिला, दलित महिला, फरक क्षमता भएका महिला, द्धवन्द पिडित महिलाहरुलाई व्यावसायिक तर्फ उन्मुख गर्ने र आर्थिकरुपमा सशक्त पार्नको लागि तालिमको आयोजना गरिएको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताए । “यो ३ दिनको तालिम पश्चात सहभागी महिलाहरुले आफनो कार्य योजना व्यापार व्यवसाय गर्ने योजना हरु निर्माण गरेका छन् ।” कार्यक्रम संयोजक नेपालीले भने, “सहभागी महिलाहरु आफनो क्षेत्रमा गएर आफुले संचालन गरेको व्यावसायमा थप उर्जा थप्न हौसला प्रदान गर्नको लागि संस्थाले पनि आर्थिक सहयोग गर्ने छ ।” यो तालिमले उनीहरुलाई उद्यमी बन्न उनिहरुको क्षमता पहिचान गरिएको, पहिचान गरेको उद्यम ब्यावस्थामा आफनो योजना बनाएका छन भने, आफुले गर्न सक्ने व्यवसाय छनौट गरि व्यवसायिक योजना निर्माण गरिएको उनले बताए । उधमशिलता गरिरहेका र तालिम पश्चात पनि आफनो व्यवसाय को योजना निर्माण गरेका महिलाहरुलाई थप उर्जावान बनाउन हौसला प्रदान गर्न तालिमको आयोजना गरिएको मानव अधिकारका लागि महिला एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीले बताईन् । सहभागी महिलाहरुलाई यो तालिमबाट उनीहरुलाई बिभिन्न सहयोगी निकायसंग समन्वय गराई आत्म निर्भर बनाउने र आर्थीक रुपमा सशक्त बनाएर आफनो हक अधिकारको लागि अगाढी बढन सकुन भन्ने आफनो अपेक्षा रहेको उनले बताईन् । यो तालिममा उमेर कम भएका एकल महिलाहरु तथा अन्य सिमान्तकृत महिलाको लागि गरिएको ३ दिने तालिममा सिकेका ज्ञान सिपहरुलाई आफनो व्यावहारमा लागु गर्नुपर्न बताईन् । आर्थीक रुपमा सक्षम भयो भने आफनो पहिचान अधिकारको लागि पनि लडन सहज हुने भएकाले व्यापार व्यासायले नै महिलालाई सबल बनाउने भएकाले सबै महिलाहरुले अािर्थीकरुपमा बलियो बनुन भन्ने आफनो इच्छा रहेको उनले बताईन् । कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा रहेका बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले अहिले पनि समाजमा सिमान्तकृत महिला एकल महिलार्ई समाजमा हेप्ने पिडिा दिने प्रवृती कायमै रहेको बताए । महिलाहरुले आफु आर्थिकरुपमा सक्षम भएपछि आफनो खुटटामा आफै उभिएर उधम गय्रो भने कसैले पनि नहेप्ने समाजमा सम्मान हुने बताए । आफु अध्यक्ष रहँदा तथा नरहँदा पनि महिलाहरुलाई सदैव साथ सहयोग गर्ने बताए साथै बेलडाँडीमा एकल महिलाहरुको लागि भवन निर्माण गर्न छुटटाईएको जग्गामा भवन निर्माण गर्नको लागि पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीको सभाअध्यक्षता तथा बेलडाँडी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको बिशिष्ट अतिथी तथा मानव अधिकारका लागि महिला एकल महिला समुहंका केन्द्रिय उपाध्यक्ष शोभा बिसी र सुदूरपश्चिम अध्यक्ष शुमन शर्मा लगायतका सहभागी रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी