२०८१ मंसिर २९, शनिबार
समाजमा चेतना र समय दुवै गतिशील हुन्छन् । त्यो गतिलाई समात्नुपर्छ या समात्न सिकाउनु पर्छ, सर्व प्रथम त केवल राजनीतिले । त्यति मात्र होइन, कहिले काहीँ राजनीतिले समाजलाई अझ धेरै गतिशील ,उन्नत पनी बनाउनु पर्छ। त्यसकारण भनिन्छ, ‘राजनीतिको चेतना र गति बेजोड हुनुपर्छ ।’ तर जब थाकेका नेताहरू राजनीतिमा बुर्कुसी मार्छन, तब के हुन्छ त ? समयभन्दा पछाडि हिँड्ने नेतृत्वको प्रयोजन हुँदैन या त उनीहरूको उपादेयता सकिन्छ या विश्राम अनिवार्य बन्छ, अन्यथा समाजले नेतृत्व गुमाउँछ । त्यसैले नै राजनीतिमा पुस्ता हस्तान्तरण एउटा स्वच्छ र गतिशील परिघटना हो। गतिशील बाटाहरु स्वाभाविक र स्वैच्छिक,हस्तक्षेप र दवाब अनी बृहत्तर ध्रुवीकरण पनी हुन तर यी सबैमा अहीलेका संत्ताधारी र पुराना आफुलाई समाजवादी भन्ने शक्तीहरु असफल भैसकेका पक्कै हुन।
केही न भएपनी दुइटा बाटा पार्टी भित्रैबाट स्वचालित हुनुपर्छ । एउटा, पुराना नेताहरूले आफ्नो प्रयोजन सकिएको बोध गर्नु र नयाँ पुस्तालाई बाटो छोडिदिनु पुस्ता हस्तान्तरणको एउटा स्वाभाविक प्रक्रिया हो,के यो भैरहेको छ?? दोस्रो जब यी कोठे ब्वासाहरू यो प्रक्रियामा जान निरुत्साहित हुन्छन्, युवाहरुले चाकडी, चाप्लुसी गरेर बस्ने हैन, बाटो बद्लिदै हिड्ने हो चाहे पहिला तेही पार्टीमा हुन या अन्य पार्टीमा तर आफ्नो सकारात्मक बाटो चाही निरन्तर हुनै पर्छ। अन्यथा यो मायाजाले राजनितीमा नत बैकल्पिक भनेर उफ्रीएर राजनीति हुन्छ,न त गोरुगाडा चढेर चन्द्रमा पुगिन्छ, न डोजरमा चढेर रेलको तिर्सना नै मेटाउन सकिन्छ, हैन र?? गलत राजनिती कै कारण समाज बिग्रदै गएको छ,यी सबै खाले बिकृति विसंगति र संस्कार बदेल्ने क्षेमता अहिलेका नव युवाहरुमा हुनु पर्दछ अहिलेको समाज र राजनितीले त भाई भाई मिल्नु हुदैन भन्छ,मान्छेले मान्छेलाइ अगाडी बढ्न दिनु हुदैन भन्छ, मान्छे समाज र सत्य भन्दा आपराध ठुलो भएको यहि समाजमा देखी रहेको छौ तर पनि अहिलेको होनहार युवा पुस्ता थकित र चुप्प लागेर बसेको देखिन्छ।खै किन होला ??
राष्ट्रिपति,प्रधानमन्त्री र मन्त्रीहरु प्रत्यक्ष प्रणालीबाट चुनिनु पर्छ,ब्यालेट पेपरमा नो भोट थपिनु पर्छ। संसदहरु मन्त्री हुने प्रणाली हटाउनु पर्छ (प्रतेक बिषय बिज्ञहरु मात्र मन्त्री हुने प्रणाली हुनु पर्दछ, जस्तै कृषिमा कृषि बिज्ञ मात्र कृषि मन्त्री हुने )तर संसदहरु भने नीति नियम र कानुन बनाएर कार्यनयन गर्ने गराउने र देशलाइ ठुलो योग दान दिई घर फर्कने प्रणाली हुनु पर्दछ ।कृषि योग्य जमीन सबै सरकारले आफ्नो मातहतमा लिएर व्यवस्थित गर्नु पर्दछ।शिक्षा ,स्वास्थ्य, बिमा, आवास र रोजगारीको सरकारले पुर्ण जीम्मेवारी लिनुपर्छ। राईट टु रिजेक्ट ,राईट टु रिकल प्रणाली हुनु पर्छ ।रोजगारीको लागी विदेशीएका युवाहरुले पनी बिदेशबाटै भोट हाल्न सक्ने प्रबिधिको बिकास गर्नु पर्छ ।
पुराना ऐतिहासिक प्रतेक परीवर्तनको हृदय देखी नै सम्मान गर्दै अझ यो भन्दा पनी राम्रो परिवर्तन गर्ने र हेर्ने हो भने सकारात्मकता तिर मन,मत र बाटो बदल्नु नै पर्दछ भन्ने लागी रहेको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी