२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर:
बाजुरमा एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड तोडफोड भएको छ । नेपाली काँग्रेस बाजुराका कार्यक्रताहरुले नेपाल रेडक्रस सोसाईटी बाजुराको एम्बुलेन्स र बडिमालिका नगरपालिकाको डिजिटल बोर्ड तोडफोड गरेका हुन् । नेपाली काँग्रस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) मा निर्बाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेट भित्र राखेको एम्बुलेन्सको अगाडीको सिसा सबै फुटाएको नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापती रम बहादुर शाहीले बताए । सेवन गरी काग्रेसका कार्यक्रताहरुले एम्बुलेन्स र नगरपालिकाको डिजिटल बोर्ड फुटाएको हुन सक्ने प्रहरीले जनाएको छ । सो एम्बुलेन्स भारतीय दुताबासको सहयोगमा नेपाल रेडक्रस सोसाईटी उप शाखा बाजुराको नाममा रहेको सो एम्बुलेन्स कोभिडको कारण बिरामी बोक्नुपर्छ भन्ने उदेस्यका साथ जिल्ला प्रशासन कार्यालय बाजुराले मर्मत गरेर ल्याएको हो । यसरी सार्बजनिक सामानहरु तोडफोड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याने रेडक्रसले अनुरोध गरेको छ । सो बिषयमा कसले फुटाएको हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी