२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर:
कञ्चनपुरमा सुकुम्वासी वस्तीका वालवालिकाले निशुल्क रुपमा अंग्रेजी माध्यमबाट अध्ययन गरिरहेका छन् । आफुले पढने विधालयबाट छुटटी भएपछि बाँकी रहने केही घण्टा भीमदत्त नगरपालिका १८ सालघाडीमा रहेको ज्योती आफ्टर स्कुल सेन्टरमा गई अंग्रेजी माध्यमबाट अध्ययन गर्न पाएका हुन् । विगत ४ वर्षदेखी कोरियन नागरिक को अर्थिक सहयोगमा निडस नेपालको साझेदारीमा सालघारीमा रहेका करिब १ सयजना दलित, सुकुम्वासी, अनाथ वालवालिकाहरुले निशुल्क रुपमा अंग्रेजी माध्यमबाट अध्ययन गरिरहेको विधालयका म्यानेजर सौगात सिनालले जानकारी दिएका छन् । सुरुको दिनमा २० जनाबाट शुरुवात गरेको उक्त विधालयमा अहिले विधार्थी संख्या बढदै जाँदा अहिले १ सय बढी विधार्थीहरुले शिक्षा लिई रहेका छन् । उक्त विधालयमा अहिले कक्षा शिशु देखी १२ कक्षा सम्मका बिधार्थीहरुले अध्ययन गरिहेको उनले बताए ।
ज्योती आफ्टर स्कुल सेन्टरमा अध्ययन गरिरहेकी कक्षा ११ की वालिका कशी उरावले विधालयमा पढाई नभएका कुराहरु जिवन उपयोगी कुराहरु उक्त विधालयमा सिकाईने बताईन् । अंग्रेजी माध्यमबाट पढन पाउँदा र बोल्न खुशी लागेको बताईन् । यसरी सुरु भयो ज्योती आफ्टर स्कुल आज भन्दा ४ बर्ष पहिला कोरियाबाट घुम्नको लागि सामाजिक अभियन्ता तथा गेटपी संस्थका कार्यकारी निर्देशक गोल्डी कञ्चनपुरमा रहेका एचआईभी संक्रमित वालवालिकालाई सहयोग गर्न आएको बताईन् । त्यती बेला आफुले केही सुकुम्वासी वस्तीका वालवालिकालाइ देखेपछि उनीहरुको भविस्यको लागि केही गर्न सकिन्छ कि भन्ने मनमा लाग्यो । पछि आफनो कोरियन साथहिरुसंग भनिन् र उनका अहिले १ सय जना साथीहरुले आफनो खाजा खर्च बचाएर उक्त विधालयलाई सहयोग गरिरहेका छन् । उक्त विधालयको मुख्य उदेस्य भनेको नै अंग्रेजी भाषामा अध्यापन गराई सबै वालवालिकाले अंग्रेजी भाषामा कुराकानी गर्न र बोल्न सकुन र गुणस्तरीय शिक्षा प्रदान गर्नेनै बिधालयको मुख्य उदेस्य रहेको सामाजिक अभियन्ता तथा आर्थिक सहयोगकर्ता गोल्डी बताईन् । अहिले उक्त विधालयमा बिधार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर शिक्षा पनि प्रदान गरिरहेको छ ।
अहिले जुनसुकै पनि क्षेत्रमा आफनो भविस्य निर्माण गर्नको लागि कम्प्युटर अति आवस्यक पर्ने भएकाले बिधालयमा निशुल्क रुपमा कम्प्युटर शिक्षा पनि दिईएको गोल्डीले बताईन् । उक्त कार्यक्रमले वालवालिकाका आमाहरुलाई आर्थिक रुपमा वलियो बनाउनको लागि सिप मुलक तालिममा सिलाई कटाई प्रदान गरि अहिले धेरै जना महिलाले पसल खोलेर आर्थिक आम्दानी गरिरहेको कार्यक्रमका म्यानेजर सिनालले बताए । सरकारी बिधालयमा अहिले पनि कम्प्युटर शिक्षा नभएको अग्रेजी माधयमबाट पठनपाठन नभएको सन्दर्भमा निडसको साझेदारी र कोरिया नागरिकहरुको आर्थिक सहयोगमा श्रमिक मजदुरका वालवालिकाहरुलाई उक्त विधालयबाट गुणस्तरिय शिक्षा दिने उदेस्यले नै यो कार्यक्रम गरिएको निड्स नेपालका कार्यकारी निर्देशकले बताएका छन् । लगतै गैर सरकारी संस्था महासंघको भवन नजिकै जग्गा भाडामा लिएर बिधालय संचालन गर्ने र वालवालिकाका अभिभावकहरुलाई सिपमुलक सिलाई कटाई तालिम दिएर गारमेन्टस खोल्ने तैयारी पनि रहेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी