२०८१ कार्तिक १९, सोमबार
काठमाडौं :
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । भने १ हजार ६ सय ३० जना निको भएका छन् । ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १ सय ३९ जना रहेका छन् । जसमध्ये १९ हजार ८ सय ५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी