२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर :
सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरे पनि कञ्चनपुरका दुई नाका गडडाचौकी र गौरीफन्टा तत्काल नखुल्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको भएपनि जिल्लामा अहिले सम्म लिखित जानकारी प्राप्त नभएका कारणले अहिले नै सरकारले भने वमोजिम नाकाहरु निर्वाधरुपमा संचालनमा आउन केही दिन लाग्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । अहिले संचार माध्यममा देशैभरका सबै नाका खुल्ने भनेपनि जिल्लामा गृह मन्त्रालयबाट पत्र आउने र उक्त पत्रमा के निर्णय गरेको छ त्यो अनुसार नाकाहरु खुल्नको लागि जिल्लामा पनि वैठक बस्ने र निर्णय पश्चात नाकाहरु खुल्ने उनले बताए । अहिले चाडपर्वको समय भएकाले सुदूरपश्चिमका ठुला नाका बाट दैनिक ५ देखी ६ हजारको हाराहारीमा भारतबाट नेपाल आउने नेपालीहरुको भिड रहेको छ । पस्चिमआजसंग बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी