२०८१ भाद्र २४, सोमबार
महेन्द्रनगर :
नेपाल कम्युनिष्ट पाट्री एमाले एकिकृत समाजवादीको निकट भातृ संगठन अनेरास्ववियू र युवा संघ नेपालको प्रथम जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला कञ्चनपुरमा सम्पन्न भएको छ । सोमवार जिल्लामा रहेका युवा कार्यकर्ताहरुले मोटरसाईकलमा नगर परिक्रमा गर्दै शुभ पाटी प्यालेसमा कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा सभाध्यक्ष युवा संघ केन्द्रिय सदस्य राजेन्द्र पाण्डेय, प्रमुख अतिथी अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुदेश पराजुली, विशिष्ट अतिथीमा युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेल, नेपाल कम्युनिष्ट पाट्री एमाले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष तारालामा तामाङ सामाविक विकास मन्त्री लालबहादुर खडका प्रेस संगठनका संस्थापक खेम भण्डारी लगायतका नेता तथा कार्यकर्ताको उपश्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पाट्री एमाले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष तारालामा तामाङले आज को भेलाले राम्रो नेतृत्व बनाएर भविश्यमा पाट्रीको लक्ष्य उधेश्य तथा नयाँ आयाम थप्ने खालका युवाहरुको पहिचान गरी विद्रोहीको रुपमा रहने भएकाले यो भेलाले विद्रोह चुनौती पार गर्ने खालका युवाहरुको चयन गर्नेमा आफु विस्वस्त रहेको बताए । पाट्रीको लागी कम्युनिष्ट आन्दोलनलाई नेतृत्व तह सम्म पुय्राउने खालको युवाहरुको पहिचान गर्ने र आजको यो कार्यक्रममा पनि उच्च मनोवल तथा विद्रोह स्वभावका युवाहरु आउनु भएकोमा खुशी भएको बताए । जुनसुकै परिस्थती आए पनि संबिधानको रक्षार्थ बलियो बनेर डटेर लडनको लागी पाट्रीको साख बचाउन सदैपव तत्पर रहन आग्रह गरे । मिलेर बसेको पाट्रीमा निर्धक भएर लाग्न र हामीले मिलेर बनाएको पाट्रीमा साथ सहयोग र अरु को कहाँ जान्छ भनेर नकुर्न पनि आग्रह गरे । हामी सुरुवाती चरणमा रहेको र चुनौती र समस्या रहे पनि भविश्य राम्रो रहेकाले सबैले यो पाट्रीलाई अब्बल बनाउन साथ र सहयोग आवस्यक रहेको बताए । यस्तै, अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले कञ्चनपुरमा एकिकृत समाजवादीको झण्डालाई कुनै पनि शक्तिले झुकाउन नसक्ने बताए । केपी ओलीको विरुद्धमा यो झण्डाले सदैव उचाईमा पुय्राउनको लागी सबै युवाहरुले कम्मर कस्नु पर्ने बताए । केपी ओलीले गरेको सामन्तवादले गरेको पाट्री विभाजनले आफनो पाट्रीलाई कुनै पनि फरक नपर्ने बताए । केपी ओलीलाई अब भन्ने बेला आएको छ अब आउने चुनावमा आफनो पाट्री नै पहिलो हुने बताए । ‘यो युवालाई कसैले हेपेर चेपेर बस्न अवस्थामा छैन् कसैले पनि त्यो बिचार बोकेको छ भने, अनेरास्ववियुको ईतिहास हेर्नु सबै प्रस्ट छ ।’ उनले भने, ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी