२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर :
दलित महिला संघ फेडोले दलित महिला तथा अन्य सिमान्तकृत महिलाहरुको मानव अधिकार तथा सामाजिक न्याय प्रर्वनका लागी महिला अभियन्ताको लागी नेतृत्व विकास तथा जनवकालत प्रशिक्षण सम्पन्न गरेको छ । दलित महिलाहरु अहिले पनि समुदायमा दोहोरो तेहोरो मारमा परेका छन् अन्य महिला भन्दा जातिय बर्ग पिछडा बर्गमा बढि शोषणमा परेका छन् । स्थानीय स्तरमा रहेका स्रोत साधनमा पहुँच पुय्राउन नेतृत्व विकास गर्ने उधेश्यले यो प्रशिक्षणको आयोजना गरिएको फेडोका संस्थापक अध्यक्ष दुर्गा सोवले बताईन् । आफनो पहिचान सवालका लागी सक्षम बनाउन उनिहरुलाई नेतृत्व विकास गर्न आवस्यक रहेकाले उनीहरुलाई २ दिन सम्म प्रशिक्षण गरिएको उनले बताईन् । नेपालमा दलित महिलाको मानव अधिकार प्रवर्दन परियोजना अन्र्तगत कञ्चनपुरका ९ वटै पालिकामा रहेका दलित महिला अगुवा अभियन्तालाई प्रशिक्षण दिईएको फेडो जिल्ला अध्यक्ष लक्ष्मी विकले जानकारी दिईन् । दसलत महिलाहरुले आफनो हक अधिकार तथा पालिकामा आउने महिला लक्षित बजेट, समुदायमा हुने गरेका महिला हिंशा तथा अन्य घटनामा दलित महिलाहरुले त्यो पिडाबाट मुक्त हुन् , अन्यायमा परेका महिलाहरुलाई न्याय दिनको लागी जनवकालत गर्न यो तालिम प्रदान गरिएको अध्यक्ष विकले बताईन् । अहिले पनि दलित महिलाहरु राज्यका हरेक निकायमा सहभागिता हुन जरुरी रहेकाले त्यो ठाउँमा पुग्नको लागी अहिले बाट उनिहरुलाई सक्षम सवल बनाउन प्रशिक्षण गरिएको जानकारी दिईन् । नेतृत्व सम्बन्धी उनीहरुलाई पोख्त बनाउने न्यायमा पहुँच बनाउने र कसरी नेतृत्व विकास गर्न सकिन्छ दलित महिला, दलित समुदाय तथा सिमान्तकृत महिलाहरुको को समस्या तथा सवालहरु प्रती साझा बुझाई स्थापना गर्न प्रशिक्षणको आयोजना गरिएको फेडोका जिल्ला परियोजना संयोजक नरबहादुर औजील जानकारी दिए । प्रत्येक पालिकामा महिला सञ्जाल निर्माण गरिने जो ९ वटा सञ्जाल बनाएर त्यसैबाट हक अधिकारको लागि काम गरिने उनले बताए । यो तालिमले आफनो व्यक्तित्व विकास गर्ने र महिलाहरुको सवालमा बुलन्द भएर आवाज अगाढी बढाउन मद्धत गर्ने दलित महिला अगुवा सञ्जालको सदस्य कृष्णपुर नगरपालिका ७ की सहभागी शारदा विकले बताईन् । पहिला पनि आफनो समुदायमा महिलाहरुको हक अधिकारको लागी लडनु पर्ने थाहा थियो, तर त्यसको लागी नेतृत्व पनि आवस्यक पर्ने रहेछ भन्ने थाहा भएपछि यो तालिमले थप उर्जावान बनाएको उनको भनाई रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी