२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर :
भारतबाट कञ्चनपुरको पश्चिमी नाका हुँदै आउने नेपालीहरु बनवासा खटिमा लगायत बजारहरुमा लुटिदै आएका छन् । चाडपर्व नजिकिए संगै सपरिवार आफनो गाउँमा फर्किने बेलामा नेपालीहरु बाट तथा भारतिय नागरिकहरुबाट लुटिदै आएका हुन् । अहिले दैनिक ३ देखी ४ हजारको हाराहारीमा नेपाली दाजुभाईहरु भारतका बिभिन्न शहरहरुमा कामका लागि जानेहरु चाडपर्व लागि घर फर्किने नेपालीहरु देशको विभिन्न नाका हुँदै नेपाल भित्रिने क्रम जारी छ । यो बेलामा ठगी गर्ने गिरोह पनि सक्रिय हुने भएकाले प्रहरीले सुरक्षित र सचेत रहन आग्रह गरेको छ । गत हप्ता सुर्खेतको चिङगाड गाउँपालिका १ का २ जना युवक र रुकुमका अर्का युवक अर्धबिहोस अवस्थामा फेला परेका थिए । भारतको अल्मुडा भन्ने ठाउँबाट एउटैै गाडिमा ७ जाना नेपाली संगै आएको र आउँदै गर्दा आफनो घर पनि कैलाली बताउँदै गाडीमा चढेका युवकले भारतको एक होटेलमा ति व्यक्ती र अन्य सबैजना संगै बसेर खानपिन गरेको र त्यसपछि के भयो थाहा नपाएको बताए । तीन महिनाअघि कामको खोजीमा भारत उत्तराखण्डको अल्मोडा पुगेका सुर्खेतका चित्रबहादुर बस्नेत हिक्मत रोकाया र सँगै काम गर्ने रुकुमका भीमबहादुर विष्ट आफनो मिहिनेत दुख गरेको कमाई लुटिएपछि विरक्तिएका थिए । उनीहरुबाट लुटेराले ५० हजार बढी नेपाली रुपैँया लुटेर लगेका थिए । भारतको वनवासामा अचेत अवस्थामा फेला परेपछि नेपाल प्रहरीले उद्धार गरी उपचार पछि घर पठाएको थियो । भारतबाट आउने नेपालीहरुलाई लुटने भनेकै अधिकाँश नेपालीहरु नै रहेको गडडाचौकीका सई जिवन गुरुङ बताउछन् । ‘भाद्र महिनामा ४ जनालाई पैसा सामान खुटटामा लगाएको चप्पल सहित लुटेर लगेको पाइएको छ ।’ उनले भने, ‘फेरी भारतिय प्रहरीको सहयोगमा उद्धार गरी नेपालमा ल्याएर उपचार पछि घर पठाएका छौँ ।’ यसरी दशैं मनाउन अनुमानित दिनहुँ ३ हजार देखि ४ हजार नेपालीहरु गड्डाचौकी नाका हँुदै घर फर्किने गरेका छन् । तर दशै र तिहारको खुसियाली संगै घर फर्किने नेपालीहरु बिच बाटोमा नै लुटिने क्रम पनि तीब्र बनेको छ । केहि नेपाली भाषा प्रयोग गर्नेहरुले खाना खुवाउने , चिया पिलाउने जस्ता बिभिन्न प्रलोभनमा पारेर लुट्ने गरेको उनले बताए । नेपाल प्रहरीले भारतिय प्रहरीको सहयोगमा लुटेराहरुको खोजी पनि गरेको तर सफलता हासिल नभएको सई गुरुङले बताए । त्यँहा रहेका सिसिटिभी फुटेजमा पनि आफनो पहिचान नखुल्ने गरी पहिरन लगाउने अनि लुटने गरेको पाइएको छ । भारतबाट आउने नेपालीहरुले आफै पनि चनाखो हुने खपरचित व्यक्तीले दिएको नखाने सबैलाई सहजै विस्वास नगर्ने गय्रो भने लुटिनबाट जोगिने सई गुरुङको भनाई रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी