२०७९ चैत्र १६, बिहिबार
महेन्द्रनगर :
डडेल्धुरामा कांग्रेसको पुनः वडा अधिवेशन गर्न माग गरिएको छ । नेपाली कांग्रेसको भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन बदर गरी पुनः गर्न माग गरिएको हो । शनिबार पार्टी कार्यालय किशुन जी भवनमा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको पार्टीका कार्यवाहक सभापति करुणाकर भट्टले बताए । भट्टको सभापतित्वमा बसेको बैठकले सातौं अधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यता विवादबारे प्रमाण सहित उजुरी मार्फत केन्द्रीय सभापति शेरबहादुर देउवा तथा केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराइसकेकाले सो अधिवेशन बदर गरी नयाँ मिति तोक्न आग्रह गरिएको उनले बताए । साथै उनले आफूहरुको माग सम्बोधन नगरी वडा अधिवेशन जस्तै एकलौटी रुपमा आगामी अधिवेशनका कार्यक्रम अगाडि बढाएमा आन्दोलन स्वरुप धर्ना र अनशन बस्ने निर्णय समेत गरी केन्द्रमा पठाइएको जानकारी गराए । जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमा समेत गरी ४ सय ६० जनाको नाम हटाइदिएको आरोप लगाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी