२०८१ आश्विन २, बुधबार
काठमाण्डौ :
पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७२ हजार आठ सय पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३४ सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४७ हजार आठ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही अवधिमा थप १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २८ पुगेको छ । अहिले नेपालमा २५ हजार ८२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ८९ जनाको आईसीयू र एक सय २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै २४ घण्टामा एक लाख ७० हजार तीन सय १७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा ५५ लाख ६१ हजार आठ सय ८५ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा र ६१ लख ९८ हजार नौ सय ३६ जनाले एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी