२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर :
आँठौ राष्ट्रिय परिवार योजना दिवस र नेपाल परिवार नियोजन संघको स्थापना दिवसको अवसरमा परिवार योजना सेवाको वर्तमान अवस्था र बिधमान चुनौती विषयक बिचार गोष्ठी सम्पन्न गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा संचालन गरिएको उक्त कार्यक्रममा परिवार नियोजन सम्बन्धी जानकारी तथा बिचार आदानप्रदान गरिएको थियो । करीब छ दशकअघि देखि नेपालमा व्यवस्थित रूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमहरु अहिले पनि समुदाय स्तरमा प्रभावकारी देखिएको नेपाल परिवार नियोजन संघ शाखा कार्यलय कञ्चनपुरका शाखा प्रशन्धक वाशुदेव विष्टले बताए । परिवार नियोजनका अस्थायी आधुनिक पाँच प्रकारका साधन (कन्डम, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसीडी) सयमा ५३ जनाले प्रयोग गरेको अवस्था रहेको उनले बताए । लामो समय काम गर्ने परिवार नियोजनका अस्थायी साधन जन्म नियन्त्रणका लागि प्रभावकारी भए पनि नेपालमा यसको प्रयोग कमै हुने गरेको छ । महिलामा ती साधनका ज्ञान कम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलासम्म नपुग्नु, ती सेवामा आवश्यक दक्ष स्वास्थ्यकर्मी नहुनुले पनि कम प्रयोग भएको हो । परिवार नियोजनका आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको छ । पछिल्लो समय नेपालमा आधुनिक गर्भनिरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन् । अहिले प्रजननदर कम रहेपनि परिवार नियोजनका साधनहरु कम प्रयोग गरिएको पाईएको छ । यसको लागि सुरक्षित गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रुपमा अपनाईएको हुन सक्ने उनले बताए । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले ग्रहण गरेका थिए भने, प्रमुख अतिथीमा परिवार नियोजन संघका संस्थापक डा. गणेशदत्त भटट रहेका थिए । कार्यक्रममा बिभिन्न स्वास्थ्य क्षेत्रका बिधार्थी, स्वास्थ्यकर्मी, पत्रकार, बिभिन्न गैरसरकारी संघसंस्थका प्रतिनिधीहरुको उपश्थिती रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी