२०८१ माघ २६, शनिबार
महेन्द्रनगर :
कञ्चनपुरको बेलडाँडीमा भएको पत्रकार कुटपिट प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीले शनिवार विहान ९ बजे कुटपिटमा संलग्न रहेका २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलडाँडी २ का चवन्नी बजारका १८ वार्षीय पारस खत्री र सोही ठाउँका १९ बर्षीय रवि खत्री रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका सई शिवदत्त पन्तले जानकारी दिएका छन् । पारस खत्रीका बुवा सुरेश खत्री पनि कुटपिटमा संलग्न रहेको भनिएकाले उनलाई पनि पक्राउ गर्न टोली खटाईएको उनले बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान जिल्ला सदस्य पत्रकार विमल धामी पहिलो र र युवा उद्यमी सन्देश पाण्डे दोस्रो माथि शुक्रवार वेलुकी अन्दाजी ६ बजेतिर सुरेश खत्री सहितका गिरोहले निर्घात कुटपिट गरेका थिए । कुटपिट गर्ने सुरेश खत्री शुक्रबार साँझ बेलडाँडीको चवन्नी बजारमा खत्री समुहले ग्याङ बनाएर युवा उद्यमी पाण्डेमाथि कुटपिट गरेर भाग्ने क्रममा पत्रकार धामीले सोधपुछ गर्दा उनीमाथि समेत निर्धात कुटपिट गरेको पत्रकार धामीले बताए । खत्री गिरोहको कुटपिटबाट युवा उद्यमी पाण्डेको टाउको सहित शरिरमा गम्भिर चोट लागेको छ । भने पत्रकार धामीको भित्री भागमा गम्भिर चोट लागेको जनाइएको छ । यता , नेपाल पत्रकार महासंघ कञ्चनपुरले एक विज्ञप्ती निकाली घटनाको घोर भत्र्सना गरेको छ । पत्रकारलाई आफनो कार्य सम्पादन गर्ने बेलामा अनाहकरुपमा समुह बनाएर गरिएको साँघािितक हमलाको घोर भत्र्सना गर्दै आक्रमणमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याईनु पर्ने अध्यक्ष माधवसिंह धामीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ |
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय