२०८१ आश्विन २, बुधबार
काठमाडौं :
डडेल्धुरामा फेरि वडा अधिवेशन हुने सम्भावना नरहेको नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिसँगको छलफलपछि पत्रकारसँग महामन्त्री कोइरालाले डडेल्धुरामा फेरि अधिवेशन हुने सम्भावना नरहेको बताएका हुन् । हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा अधिवेशन भएको र यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण पनि गराएको उनले बताए । डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिका पदाधिकारीको ध्यानाकर्षण गराउन पौडेल सहितका नेताहरु सानेपा पुगेका थिए । नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. शेखर कोइराला, गगनकुमार थापा लगायतले निर्वाचन समितिका पदाधिकारी र सदस्यहरुसँग अधिवेशन निष्पक्ष र धाँधलीरहित बनाउन ध्यानाकर्षण गराएका थिए । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्को समूह असन्तुष्ट बनेको हो । पौडेल समूहले ५ असोजमा तोकिएकोको वडा अधिवेशनकै दिन डडेल्धुरामा पनि अधिवेशन गराउनुपर्ने माग गर्दै आएको छ । २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी