२०८० जेष्ठ १५, सोमबार
महेन्द्रनगर :
नेकपा९एमाले० जिल्ला कमिटी सल्लाहकार २ जना नेताले पाट्री छोडेका छन् । तारा दत्त जोशी र भीनपा १२ का वडा कमिटी उपाध्यक्ष प्रजापति जोशीले एमाले छाडेका हुन् । उनीहरुले एमाले विभाजनमा एमाले संस्थापन र एकीकृत समाजवादी दुबै दलका नेताहरु जिम्मेवार रहेको भन्दै दुबैले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी एमाले र समाजवादी दुबै दलमा सक्रिय भएर लाग्न सक्ने वातावरण नभएकाले एमालेको सदस्यता त्यागेको घोषणा गरेका छन् । ‘पार्टीलाई अहिलेको कठिन अवस्थामा पु¥याउन जिम्मेवार नेतृत्व तहमा रहेका चाहे एमाले रहेका हुन् वा छुट्टिएर एकीकृत समाजवादी हुन्, दुबै समान रहेको हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ,‘यस अवस्थामा यी दुई दलमध्ये कुनै पनिमा रहेर पार्टीप्रति समर्पित भई संलग्न रहने परिस्थिति नदेखिएकाले हामीले आजैको मितिदेखि लागू हुने गरी नेकपा एमालेको सदस्यता परित्याग गरेको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी