२०८१ आश्विन २१, सोमबार
कञ्चनपुर:
महाकाली यातायातको बस र ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको महाकाली यातायात समितीका अध्यक्ष डम्मरराज पन्तले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा शुक्लाफँटा नगरपालिका ४ का ४० वर्षीय रंगी तिरुवा र ३५ वर्षीय कृष्ण राना, बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदी रहेका छन् । मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने, घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए । २३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ख ७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२–००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी