• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

प्रकाशित मिति: २०७८ भाद्र २८, सोमबार (२ साल अघि)

रानी जमरा कुलरिया सिँचाइ आयोजनाः किसानलाई आत्मर्निभर बनाउनेतर्फ उन्मुख

  • २३८ पटक पढिएको
  • कैलाली । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले पूर्वी कैलालीको टिकापुर, लम्कीचुहा र जानकी गाँउपालिका क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउन कृषि कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय गौरवको सो आयोजनाले किसानलाई आत्मनिर्भर बनाउनका लागि कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् ।
    कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा माग समेत बढ्दै गएको छ । कृषियन्त्र अन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्रयाक्टर किसानको रोजाइमा परेको सो आयोजनाले जनाएको छ ।
    आयोजनाले कृषियन्त्रमा किसानलाई ५० प्रतिशत अनुदान दिने गरेको छ । व्यावसायिक किसानलाई छनोट गरी कृषि उत्पादकत्व बढाउन सक्ने किसानलाई ५० प्रतिशत छुटमा पावरटिलर, रिपर, कमाण्ड हार्भेस्टर, रोटाबेटर, बीउ ग्रेडिङ गर्ने मेसिन, ठूलो ट्रयाक्टर लगायतका सामग्री प्रदान गरेको छ । त्यसमध्ये कम लागत पर्ने भएको र साना व्यावसायिक किसानले किन्न सक्ने भएकाले अनुदान रकमले अधिकांश किसानले पावरटिलर किनेर प्रयोग गरिरहेका छन् ।
    खेत जोत्न, बाली लगाउन, पानी लगाउन, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउन लगायत काममा प्रयोग गर्न सकिने पावरटिलर राम्रो, बहुउपयोगी यन्त्र भएकाले यसको माग उच्च हुँदै गएको छ ।
    आयोजनाबाट धेरै किसानलाई सहयोग भएको छ । “बीउबिजन, प्राविधिक सहयोग, औजार सहयोग पाएका छौँ”, कैलाली टीकापुरका किसान ललित थापाले भने, “अहिले धेरै किसानले मेसिनरी यन्त्र पावरटिलरको प्रयोग बढाउँदै गएका छन् ।”
    आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाइका कारण कृषिमा उत्प्रेरित गर्ने काम गरेको उल्लेख गर्दै उनले आयोजना नआएको भए आजसम्म आफू कृषि पेशाबाट विस्थापित भइसक्ने बताए । “आयोजनाका कारण थुप्रै किसानले ठूलो राहत महसुस गर्न पाएका छन् । अनुदान सहयोगमा मात्रै नभइ प्राविधिक सहयोगमा पनि आयोजनाले राम्रो समन्वय गर्दै आएको छ”, उनले भने, “त्यतिमात्र नभइ आयोजनाले दिने जुनसुकै अनुदानमा पहिले स्थलगत मूल्याङ्कन गरेर मात्रै प्रक्रिया अगाडि बढाउने भएका कारणले पनि कार्यक्रम पारदर्शी देखिन्छन् । ”
    लामो समयदेखि भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आउनुभएका चक्रबहादुर बटालाको फार्ममा अहिले ४५ भैँंसी छन् । उनले कृषि कार्यक्रम कार्यान्वयन इकाइबाट राम्रो सहयोग पाउनुभएको छ । “पहिले परम्परागत रुपमा व्यवसाय गदै आएको थिएँ। आयोजनाको सहयोग पाएपछि मैले फार्म विस्तार गर्न सफल भएको हुँ”, उनले भने, “अहिले घरका पाँचजना यसैमा आवद्ध छौं भने, अन्य पाँच जनालाई पनि प्रत्यक्ष रोजगारी दिएका छौँ ।” उनने पाँच बिघा जग्गा भाडामा लिएर घाँसखेती समेत गरेका छन् ।
    आयोजनाले घाँस खेतीमा पनि ७५ प्रतिशत अनुदानमा सहयोग गर्दै आएको बताए। कृषक धनसिंह साउदले बर्सेनि २० बिघा भन्दा बढी क्षेत्रफलमा खाद्यान्नको खेती गर्दै आएका थिए। उनले आयोजनाबाट कृषि औंजारमा राम्रो सहयोग पाएका छन् भने, अन्य प्राविधिक रुपमा पनि लाभ लिइरहेको बताए । “आयोजनाकै सहयोगमा बीज वृद्धिका लागि कृषि सहकारी समेत स्थापना गर्न सफल भएका छौँ”, उनले भने, “अहिले बीज वृद्धिमा हामी आत्मनिर्भर बन्दै गएका छौँ । आयोजनाले बीज वृद्धिमा सहयोग गरेपछि किसान पनि ग्रेडिङ गरेकै बीउ प्रयोग गर्दै आएका छन् भने राम्रो बीउको प्रयोगले किसानले राम्रो उत्पादन गर्न पनि सफल भएका छन् ।”
    रानी जमरा कुलरिया सिँचाइ मूल कुलो समितिका अध्यक्ष कुमारराज शाहीले आयोजना किसानका लागि बरदान सावित भएको बताए । उनले परम्परागत खेती गर्दै आएका किसान अहिले आधुनिक खेती गरेर आत्मनिर्भर बन्दै गएको बताए। “हिजोसम्म पढे लेखेकाहरुले कृषि गर्नुहुँदैन भन्ने मान्यता रहँदै आएको थियो । कृषि पेशा आफ्नो गुजाराको लागि मात्रै हो भन्ने मानसिकता थियो । अहिले समय परिवर्तन भएको छ”, अध्यक्ष शाहीले भने, “अहिले सबैको रोजाइँमा कृषि पर्न थालेको छ । आयोजनाले किसानलाई गरेको सहयोगले पनि कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको देखिन्छ ।”
    कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भरतप्रसाद कँडेलले स्थानीय तहसँग समन्वय गरेर मात्रै कार्यक्रम अगाडि बढाइएको बताए । “स्थानीय तहको कृषि शाखासँग समन्वय गरेर मात्रै अनुदानका लागि भएको प्रक्रियाको अन्तिम नतिजा सार्वजनिक गर्ने गरेका छौ”, उनले भने, “हामीले गर्ने कार्यक्रम पूर्ण पारदर्शी छ । किनभने अनुदान वितरण गर्नुभन्दा पहिले अनुगमन गरी आवश्यकताको आधारमा मात्रै हामीले किसानलाई अनुदान दिने गरेका हौं ।”
    उनले मागको आधारमा भन्दा पनि व्यावसायिक रुपमा काम गर्न चाहनेलाई प्राथमिकतामा राखेर अनुदान वितरण गर्ने गरेको बताए। “मागका आधारमा होइन, व्यावसायिक रुपमा काम गर्ने आयोजनाको प्राथमिकतामा पर्ने गरेको छ । अझै पनि हामीले लिएको लक्ष्यको आधारमा किसानबाट माग नै हुनसकेको छैन”, प्रमुख कँडेलले भने, “त्यतिमात्र नभइ अन्य क्षेत्रबाट पनि किसानले अनुदान पाउने भएका कारण सकभर अनुदान नदोहो¥याउने गरी किसानसँग समन्वय गर्दै आएका छौँ ।” कृषि कार्यक्रम कार्यान्वयन इकाइले चालु आर्थिक वर्षमा मात्रै रु २७ करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।
    यस आयोजनाको निर्माण आर्थिक वर्ष २०६५÷६६ बाट सुरू भएको हो। सन् २०२३ डिसेम्बर ३१ मा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । यस आयोजनाको कूल लागत २७ अर्ब रहेको बताइएको छ । यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भइरहेको छ । सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यस क्षेत्रको करिब ३८ हजार हेक्टर भू–भागमा सिँचाइ सुविधा पुग्नेछ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • ११ घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution