२०८१ कार्तिक ३०, शुक्रबार
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकाले निर्माण गरेका भौतिक पूर्वाधार र विकास निर्माणको अनुगमन गरिएको छ । प्रदेशको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका पदाधिकारीको टोलीले कैलाली र कञ्चनपुरमा तटबन्ध र सडक निर्माणको अनुगमन गरेको हो ।
दुई दिन लगाएर गरिएको अनुगमनमा कैलालीको कान्द्रा नदीमा निर्माण गरिएको तटबन्ध, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ र बेदकोट नगरपालिका–१ राधा नदीमा निर्माण गरिएको तटबन्धको अनुगमन गरिएको छ । कैलालीमा निर्माण गरिएको पक्की सडकको काम सन्तोषजनक नरहेको पाइएको समितिका सदस्य महेशदत्त जोशीले बताए ।
“टेण्डर प्रकृया गरिएकामा समस्या छैन”, उनले भने, “कोटेशनबाट गरिएकामा समस्या देखिएको छ ।” कोटशनबाट गरिने काम आगामी आवदेखि उपभोक्ता समितिलाई दिनुपर्ने उनले बताए । तटबन्ध र सडक निर्माणका काममा स्थानिय बासिन्दाको समेत गुनासो रहेको पाइएको टोलीमा सहभागीको भनाइ छ ।
टोलीले स्थलगत अनुगमन गरेका भौतिक पूर्वाधार र विकास निर्माण सम्बन्धि कार्यको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइने बताइएको छ । अनुगमन टोलीमा सहभागी एक सदस्यले भने, “अनुगमनका क्रममा देखिएका त्रुटि र गुणस्तरहीन कार्यबारे प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाउछौँ ।” रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी