२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर:
बाजुरामा आफनो ज्यान जोखिममा राखेर कोरोना बिरुद्धको खोप ढुवानी भई रहेको छ । वर्षाले अबरोध पारेको साँफे मार्तडी सडक खण्डमा जोखिम मोलेर कोरोनो बिरुद्धको खोप ढुवानी भइरहेको हो । खोप ढुवानी गरेर जिल्ला खोप केन्द्रमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बर्खायामको अबिरल बर्षाका कारण सडक अबरोध भएकोले भौगालिक रुपले विकट बाजुरामा कोरोना बिरुद्धको खोप ढुवानीमा समस्या परेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । सडक खण्डको बल्धे क्षेत्रमा पहिरोको जोखिम मोलेर खोप ढुवानी भइरहेको छ ।
माथि बाट पहिरो खसिरहेको हुन्छ, तल बाट पनि पहिरो बगेको हुन्छ जोखिम मोलेर खोप ढुवानी गरिरहेको स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी महेश चन्दले वताए । जिल्लामा कोराना बिरुद्धको खोप पहिलो मात्रा २६ हजार ९ सय २६ ले लगाइसकेको छ भने पहिलो र दोस्रो मात्रा २२ हजार ९ सय ३० ले लगाएको छ । बाजुरामा १८ बर्ष माथिका ९९ हजार २० जनालाई खोप लगाउने लक्ष्य रहेको चन्दले वताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी