२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर । कञ्चनपुरमा सदिँयौ देखी भारतमा पूजा गर्न जाने परम्पराको अन्त्य भएको छ । बिगतका बर्ष ऋषिपन्चमी ब्रतका दिन भारतको बनबासा पुल पुगेर भारतीय भुमिमा पुजा तथा स्नान गर्ने हजारौ श्रद्धालु महिला भक्तजनले पहिलो पटक नेपाली भुमी महाकाली नदिको भुजेला घाट्मा पुजा र स्नान गरेका छन् ।
शनिवार भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली महिलाहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाई रहँदा कञ्चनपुरका हजारै महिलाहरुले भारतको बनबासा पुल नजिक पुजा तथा स्नान गर्न जाने परम्पराको अन्त्य गरेका हुन् ।
शनिवार बिहानै महाकाली नदिको भुजेला घाटमा पूजा गर्न पगेकी भीमदत्त नगरपालिका ५ सुखासाल कि ४५ बर्षिया सरस्वती देवि धामीले आफनै नेपाली भुमीमा पहिलो पटक पूजा अर्चना गर्न पाउँदा खुशी भएको बताईन् ।
“बिगतका बर्ष बनबासा पुल नजिक पुजा तथा स्नान गर्न जादा भारतीय एसएसबीले कराउने, पूजागर्न नदिने, अनावश्यक दुख दिने गरेको थियो ।” , भीमदत्त नगरपालिका ४ कि लक्ष्मी देवि बोहराले भननि, “त्यो दुखबाट छुटकारा पायौ अब देखी आफ्नै भुमिमा पुजा तथा स्नान गर्न पाउँदा निकै खुसी लागेको छ ।”
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी