२०८० जेष्ठ १५, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।
“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पु¥याएँ”, मृतकका बुवा खड्क भट्टले भने, “केही पनि भएको थिएन, अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे ।” बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।
कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए । “आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो”, प्रशिक्षक चन्दले भने, “खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।”रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी