२०८१ कार्तिक ३०, शुक्रबार
‘माल पाएर पनि चाल नपाएका’ कञ्चनपुरका सरकारी कार्यालयहरु कोरोना संक्रमण बढदै गए पछि बिभिन्न गैर सरकारी संघसंस्थाहरुले कञ्चनपुरका बिभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा राखेका हात धुने पानी टंकीहरु प्रयोग विहिन बनेका छन् ।
कोरोनाबाट बच्न सरकारले समयसमयमा हात धुनु पर्ने स्वास्थ्य मापदण्ड लागु गरेसंगै गैर सरकारी संघसंस्थाहरुले हजारौ रकम खर्च गरेर जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, बसपार्क र सार्वजनिक स्थलमा हात धुनको लागि अटोमेटिक सिस्टममा चल्ने पानी टंकी राखे पनि त्यसको प्रयोग शुन्य मात्रामा हुँदा लाखौ रकम पानीमा बगेको छ ।
पछिल्लो समय कोरोनाको संक्रमण बढदै गईरहेको बेलामा र जिल्ला प्रशासनले निषेधाज्ञा केही खुकुलो गरेसंगै आम सर्वसाधारणहरु आफनो दैनिकी जिवनमा फर्किएको अवस्थामा भिडभाड पनि बढेको छ ।
महाकाली प्रादेशिक अस्पताल, भीमदत्त नगरपालिका,दोधारा चाँदनी नगरपालिका, लगायत अन्य सबै पालिका तथा वडा कार्यालहरुमा दिईएका सबै टंकीहरु अहिले प्रयोग विहिन भएका छन् ।
सरकारी कार्यालय, बजार क्षेत्र र सार्वजनिक स्थलमा बढेको भिडले पनि कोरोना संक्तमणदर बढने खतरा रहेको बेलामा स्वास्थ्य सुरक्षाको पालना गर्न सहयोग पुय्राउने यस्ता उपकरणहरु संचालन नहुँदा लाखौ रकमका सामानहरु प्रयोग विहिन भएका हुन् ।
कोरोनाको सुरुवाती चरणमा बिभिन्न सरकारी कार्यालय सार्वजनिक क्षेत्र लगायतमा हात धुनको लागि कञ्चनपुरमा ३० वटा पानी टंकी जडान गरेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।
“एक टंकी निर्माण गर्न कम्तिमा पनि ५० देखी ६० हजार खर्च लगाएर हात धुनको लागि पानी टंकी जडान गरिएको हो ।” उनले भने, “अहिले पनि कोरोना को जोखिम हटेको छैन ति सबै उपकरणहरु संचालन व्यवस्थापनको लागि सम्बन्धित संस्था वा कार्यालयले जिम्मा लिनु पर्ने हो ।”
कतिपय ठाउँबाट हात धुने टंकीको प्रयोग नगरे पछि फिर्ता पनि लगेको उनले बताए । सुरुमा सबै कार्यालयहरुले माग गरे अनुसार नै आफुहरुले उक्त हात धुने टंकी दिएको भएपनि अहिले प्रयोग विहिन हुँदा चित्त दुखेको उनले बताए ।
महाकाली प्रादेशिक अस्पतालमा रहेको टंकी प्रयोग नभएपछि गडडाचौकीमा रहेको होल्डिङ सेन्टरमा लगेर राखेको निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले बताए सामग्री प्रयोग गरेपछि त्यसको उचित प्रयोग र सहि व्यवस्थापन हुनुपर्नेमा उनले जोड दिए प्रयोग विहिन रहेका सबै टंकीलाई अब फेरी फिर्ता माग्ने तयारी रहेको उनको भनाई रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी