२०८१ कार्तिक ३०, शुक्रबार
महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका पाँच नेतालाई कारबाही गरेको छ । उनीहरूलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै साधारण सदस्यता समेत नरहने गरी अनिश्चितकालका लागि निश्कासित गरिएको राजमोले जनाएको छ ।
केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरू लक्षीराम आचार्य (कैलाली), केशवनाथ योगी (डोटी) र गोविन्द विक (कञ्चनपुर) लाई कारबाही गरेको राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय जनमोर्चाले फुटपरस्त गतिविधिमा संलग्न रहेको भन्दै ती पाँच नेतालाई कारबाही गरिएको स्पष्ट पारेको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी