• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ २६, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दोधारा चाँदनीमा वडाध्यक्ष खुला भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न

२

भीमदत्तको मुटुमै यत्रो बदमासी ! ‘नमूना विकास’ गडबडी हुँदा कहाँ लुकेका छन् मेयर, उपमेयर ?

३

दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

४

दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

५

सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

६

दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

७

जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

८

सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

९

आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

१०

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

११

अतिक्रमित सार्वजनिक बाटो खोल्दै वडाध्यक्ष बस्नेत : सघाउदै स्थानियहरु

१२

पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

प्रकाशित मिति: २०७८ भाद्र २३, बुधबार (१ साल अघि)

कैलाली–कञ्चनपुरमा छाडा पशु चौपाया व्यवस्थापनमा करौँडौ खर्च, ट्राफिक प्रहरी, सवारी चालकलाई हैरान

  • ५०९ पटक पढिएको
  • कैलाली । सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि बढ्दै गएको छ । गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु, बाच्छाबाच्छी छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बनेको हो ।
    छोडिने चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानमा हैरानी भएको छ। गाउँबस्तीका किसान छाडाचौपायावाट आ–आफनो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको धनगढीका किसान हरिबहादुर चौधरी बताउछन् । छाडा पशु चौपायाको व्यवस्थापनका लागि पछिल्ला तीन ÷चार वर्षदेखि प्रयास भइरहेको भए पनि समस्या समाधान हुन सकिरहेको छैन् । कतिपय क्षेत्रमा स्थानीय पालिका र सङ्घ संस्थाको पहलमा गौशालाको निर्माणसहित यस्ता पशु चौपायाको व्यवस्थापन गर्ने गरिएको छ । यो समस्या सोचेअनुसार न्यूनीकरण हुन सकेको छैन् ।
    व्यवस्थापनको प्रयासस्वरुप केही क्षेत्रमा खुला ठाउँको जग्गामा वरिपरी काँडेतारको घेरबार गरी बनाइएको खोरमा गाई गोरु राखिने भए पनि यस्तो खोरमा घाँस र दानापानी जुटाउन सकिएको छैन। धनगढी उपमहानगरपालिका–७ का वडाध्यक्ष सीताराम राना जति प्रयास गरे पनि यो समस्या समाधान गर्न मुस्किल भइरहेको बताउछन् ।
    ‘‘सुरुको अवस्थामा १०० पशु अटाउने क्षमताको गौशाला निर्माण गरेर पशु चौपायाको व्यवस्थापन गर्न थाल्यौं,’’उनले भने,‘‘व्यवस्थापन गर्दै गर्दा नगर क्षेत्र बाहिरबाट चौपाया ल्याएर बजारमा छोडिदिने प्रवृत्तिले समस्या यथावत् छ।’’ उपमहानगरपालिकाको पहलमा उक्त वडाको देवहरिया क्षेत्रमा सञ्चालन गरिएको गौशालामा ३०० भन्दा बढी चौपाया राखेर व्यवस्थापन भइरहेको छ ।
    उपमहानगरपालिकाको पहलमा विगतमा पशु चौपायालाई बझाङ्ग जिल्ला पुर्याएर त्यहाँका गरिब तथा विपन्न परिवारलाई निःशुल्क वितरण गरेर व्यवस्थापन गरिने प्रयास पनि गरिएको थियो। तर, यो काम सफल हुन सकेको छैन् ।
    स्थानीयको पहलमा मुठी दानबापत दाताबाट सङ्कलन भइरहेको नगदबाट धनगढी उपमहानगरपालिका—३ मा अर्को गौशाला सञ्चालनमा छ । तर स्थायी रुपमा आर्थिक स्रोत जुट्न नसक्दा यो गौशालामा राखिएका गाई, गोरुपालनमा समस्या भइरहेको सञ्चालकले बताएका छन् । ‘‘धनगढीका केही दाताबाट मुठी दानबापत सङ्कलन गरिने केही नगद रकमले गौशाला सञ्चालनमा थोरै मद्दत पुगेको छ,’’ गौशाला सञ्चालकको नेतृत्वकर्ता रीता अवस्थीले भने,‘‘घाँस, दानापानी र हेरालोको लागि चाहिने खर्च स्रोत नजुट्दा चौपाया पालनमा निकै कठिनाइ भोग्नु परेको छ ।’’
    गौशालामा रहेका पाँच दर्जन भन्दा बढी छाडा गाई गोरुलाई घाँसपात र चरिचरनको समस्या छ। पशु कल्याणका क्षेत्रमा कार्यरत संस्था स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठ सामुदायिक छाडापशु व्यवस्थापन गर्ने नाममा केही ठाउँमा काँडेतारवारको घेराभित्र पशु चौपाया राखेर व्यवस्थापन गर्दा धेरै पशु खाना नपाइ मर्ने गरेको देखिएको बताउछन् ।
    ‘‘राष्ट्रिय जनावर गाईको हामी नेपाली लक्ष्मीको रुपमा पूजा गर्छौ’’,उनले भने, ‘‘गाईको मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भए पनि पशु कल्याणमा लापरवाही हुँदा समस्या जटिल बन्दै गएको छ ।’’
    पशु कल्याणका लागि उपयुक्त कानून र नियम बनाएर अघि नबढ्दासम्म यो समस्या समाधान नहुने उनको भनाई छ । संस्थाको पहलमा पशुकल्याणको विषयमा दिइएको मुद्दामा सर्वोच्च अदालतले दुई वर्षअघि परमादेश जारी गरेको थियो ।
    प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा धनगढीमा आयोजित सामुदायिक छाडा पशु व्यवस्थापन सम्बन्धी अन्तक्र्रियामा छाडा पशु चौपायाको समस्या राष्ट्रिय समस्याको रुपमा देखिएकोले स्थानीय तह, प्रदेश र केन्द्र सरकारलगायत सरकोकारवाला सबैको संयुक्त पहलमा समाधानको पहल हुनुपर्ने आवश्यकता औल्याइएको थियो ।
    प्रतिनिधिसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तर्गतको उपसमितिको एक टोली दुई दिनअघि छाडा चौपायाका कारण सिर्जित समस्याका बारेमा स्थलगत रुपमा अध्ययन गरी फर्किएको छ ।

    समितिका सदस्य प्रतिनिधिसभाका सदस्य भवानी खापुङले निकुञ्ज, वन क्षेत्र र सडकमा हजारौं हजार गाईगोरु छाडा छोडिएको देखिँदा अवस्था अस्तव्यस्त रहेको पाइएको बताए । ‘‘कतिपय ठाउँमा गौशाला निर्माण गरी छाडा पशुको व्यवस्थापन भइरहेको भए पनि यो समस्या समाधान हुन सकेको छैन,’’उनले भने, ‘‘यो समस्या समाधानका लागि समिति मार्फत नेपाल सरकारलाई सुझाव दिनेछौं ।’’
    समस्या अध्ययनका लागि आएको उपसमितिमा प्रतिनिधिसभाका सदस्य खापुङ, राजबहादुर बुढाक्षेत्री, भूपेन्द्रबहादुर थापा, शान्ति पाख्रिन सहभागी थिए। यो टोलीले राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन आयोजनाको पनि स्थलगत रुपमा निरीक्षण अध्ययन गरेको छ ।
    ट्राफिक प्रहरी हैरान
    पछिल्ला केही वर्षदेखि सडकमा जताततै देखिने छाडा चौपायाका कारण ट्राफिक व्यवस्थापनलाई दुरुस्त राख्नमा समेत चुनौती देखिएको छ । क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाले सडकमा हिँड्ने छाडा चौपायाकै कारण गत दुई वर्षयता २८ वटा सवारी दुर्घटना भएको जनाएको छ । यो दुर्घटनमा परी दुई व्यक्तिको मृत्यु र धेरै व्यक्ति घाइते भएका थिए ।
    ‘‘कैलाली र कञ्चनपुर जिल्लाको मुख्य र सहायक सडक वरपर छ हजार भन्दा बढी छाडा चौपाया रहेको अनुमान छ’’, कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बामदेव गौतमले भने,‘‘ छाडा चौपायाकै कारण सडक दुर्घटना बढ्न थालेका छन् ।’’
    ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न छाडा छोडिएका पशु चौपायाको घाँटीमा ‘रिफ्लेप्टिक स्टिकर’ लगाउन थालेको छ । तर यो स्टिकर गाईगोरुको घाँटीबाट चुडिने समस्या देखिँदा त्यति प्रभावकारी नभएको बताइएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • १७ घण्टा अघि

    दोधारा चाँदनीमा वडाध्यक्ष खुला भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न

  • १७ घण्टा अघि

    भीमदत्तको मुटुमै यत्रो बदमासी ! ‘नमूना विकास’ गडबडी हुँदा कहाँ लुकेका छन् मेयर, उपमेयर ?

  • १ दिन अघि

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • १ दिन अघि

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • समाचार
  • १

    दोधारा चाँदनीमा वडाध्यक्ष खुला भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न

  • २

    भीमदत्तको मुटुमै यत्रो बदमासी ! ‘नमूना विकास’ गडबडी हुँदा कहाँ लुकेका छन् मेयर, उपमेयर ?

  • ३

    दैजी होटल छेउबाटै जंगली बदेलको मासु सहित एक पक्राउ

  • ४

    दोधारा चाँदनीमा राष्ट्रपति शिल्ड प्रतियोगिता आउदो विहिवार देखि

  • ५

    सशस्त्र प्रहरीले तस्करमाथि अप्रेसन चलाएपछि कञ्चनपुरमा तस्कर समुह त्रसित

  • ६

    दोधारा चाँदनीमा निर्धन उत्थानले दियो बिद्यार्थीलाई छात्रबृत्ति

  • ७

    जिल्ला न्याय समिति कञ्चनपुरको बैठक स्थानीय स्तरका सबै जनताको न्याय सेवामा पहुँच पुयाउने प्रतिबद्धता

  • ८

    सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड

  • ९

    आत्महत्या नियन्त्रणमा दोधारा चाँदनीमा नेपाल प्रहरी

  • १०

    ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नयाँ भवनको शिल्यान्यास

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution