२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर । डडेल्धुरा काग्रेस अधिवेशनमा देखिएको किचलोले उग्ररुप लिईरहेका बेलामा निर्वाचन अधिकृत लोकन्द्र बम सभापती शेरबहादुर देउवाबाट परिचालीत भइरहेको आरोप लागि रहेको छ ।
तद अनुसार नै हुने एकल निर्णय भन्दै निर्वाचनको घोषणा गरेका छन् । उनले आफनो अधिकार भएको दाबी गरे पनि डडेल्धुरा सभापती कर्ण मल्ल पक्षले समन्वय नगरेको तथा क्रियाशिल सदस्यता आफुलाई नपुगेको जनाएको छ । तर नेपाली काँग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले मंगलबार २५ गते वडा अधिवेशनको तालिका प्रकाशित गरेपछि जिल्ला सभापति मल्लले स्थगितको घोषणा गरेका थिए ।
केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा बदमासी भएको भन्दै मल्लले अधिवेशन स्थगितको घोषणा गरेका हुन् । तर निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताए ।
उनले भने, ‘अधिवेशनको मिति तोक्ने र स्थगित गर्ने अधिकार जिल्ला सभापतिलाई छैन् । डडेल्धुरामा जिल्ला सभापतिबाट अधिवेशन स्थगित भएको कुरा सुन्नमा आएको छ । बिलकुल यो उहाँको अधिकार होइन ।’
जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित नहुने उनको भनाइ छ । ‘केन्द्रीय कार्यसमितिले तोकेको मितिमा अधिवेशन हुन नसक्ने अवस्थामा स्थगित गर्ने र सार्ने जिम्मा हामीलाई दिइएको छ ।
जिल्ला सभापति कहाँबाट स्थगित गर्न मिल्छ ?,’ उनको प्रश्न छ, ‘अधिवेशन स्थगित हुँदैन् । स्थगित गर्नै परे हामीले खटाएका निर्वाचन अधिकृतले हामीसँगको समन्वयमा मात्र गर्न सक्नुहुन्छ ।’
देउवाको गृह जिल्लामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर कुटाकुट भएको छ। नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएको छ ।
मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो। सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो ।
क्रियाशील सदस्यताको विषयमा छलफल भइरहँदा निर्वाचन अधिकृतले एक पक्षीय साथीहरुलाई दुरासयपूर्ण तरिकाले उस्काउनुका साथै गैरजिम्मेवारी रूपमा अभिव्यक्ति दिएका कारण पार्टी कार्यालयमै झडप भएको कांग्रेस जिल्ला पार्टी सभापति कर्णबहादुर मल्लले बताए ।
डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन् । जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ । सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा, र भीमबहादुर साउदलगायतका नेताहरू छन्। यी दुई समूहबीच बेलाबेलामा पार्टीभित्रको विवाद कुटाकुटसम्म पुग्ने गरेको छ । यसअघि महिला संघको विवाद पनि कुटाकुटमा परिणत भएको थियो ।
निर्वाचन अधिकृत तोकिएका बमले केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार भदौ २५ गते वडा अधिवेशनको मिति तोकेका छन् । तर, नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले भने सातौं जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । यसले गर्दा कांग्रेस डडेल्धुरामा विवाद तीव्र बनेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी