२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर । बैतडीका विद्यालयहरु खुल्न थालेका छन् । संक्रमण घट्दै गएपछि विद्यालय खुल्न थालेका हुन् । अहिले जिल्लाका ५ स्थानीयतहमा विद्यालय खुलेका छन् । सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा विद्यालय खुलेका हुन् ।
शिवनाथ गाउँपालिकामा यसघि नै विद्यालय खुलेकोमा भदौ ७ गते देखी पञ्चेश्वरमा आइतबारबाट पाटनमा सोमबारबाट दशरथचन्द नगरपालिका र मंगलबारबाट सिगास गाउँपालिका भित्रका विद्यालय खुलेका हुन् । सोमबारबाट नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय सञ्चालनमा आएका दशरथचन्द नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।
यता स्थानीयतहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर विद्यालयहरुमा पठनपाठन भइरहेको बताएका छन् । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित रहेपनि विद्यालय सञ्चालन ल्याइएको छ । सिगास गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा अहिले पनि कोरोनाका सक्रिय संक्रमित छन् ।
बैतडीमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका पालिकाले विद्यालय सञ्चालनमा ल्याएका छैनन भने, कोरोनाका सक्रिय संक्रमित रहेका पालिका भित्रका विद्यालयहरुमा धमाधम पढाइ भइरहेको छ ।
शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपािलका र डिलाशैनी गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन यी मध्ये शिवनाथ, सिगास र पञ्चेश्वरले मात्रै विद्यालय सञ्चालन गरेको छ भने अन्य पालिकामा विद्यालय बन्द अवस्थामा छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी