२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर । नेपाली काँग्रेस केन्द्रिय सभापती एवं प्रधानमन्त्रि शेरबहादुर देउवाको जिल्लामा आन्तरिक विवाद चर्किएर पछि आज मंगलवार वैठक हुने भएको छ । यस बिषयमा छलफल गर्न काँग्रेस डडेल्धुराले मंगलबार दिउसो १ बजे पार्टी कार्यालय किसुनजी स्मृती भवनमा बैठक डाकेको हो ।
क्रियाशिल सदस्यको विवाद रहेको डडेल्धुरामा ४ सय ६० जना क्रियाशिल सदस्य हटाई ३ सय १२ नयाँ सदस्यको नाम थप गरि लिष्ट सार्वजनिक गरे पछि विवाद उत्सर्गमा पुगेको हो ।
देउवाको साथ पाए पछि सातौ जिल्ला अधिबेशनमा जिल्ला सभापतीको उम्मेदवार बनेको बताउदै आएका परशुराम नगर प्रमुख भिमबहादुर साउद र वर्तमान सभापति कर्णबहादुर मल्ल समुह बिच कडा प्रतिशपर्धा हुने आंकलन गरिएको थियो ।
यद्यपी मल्ल समुह बाट सभापति पदमा उम्मेदवारको टुंगो लागिसकेको छैन् । सभापतीको दौडमा अधिवक्ता हरि भट्ट, उपसभापति करुणाकर भट्ट र रामचन्द्र पौडेल पक्ष बाट चुडामणी ठकुराठी छन ।
देउवा संग भेट गरी उम्मेदवार बनेका साउदले पूर्व सभापति रघुवर भट्ट, सुदूरपश्चिम प्रदेशसभा सामानुपातिक सदस्य एवं काँग्रेस प्रमुख सचेतक गोबिन्दराज बोहरा, नेपाल बिद्यार्थी संघ निवर्तमान अध्यक्ष नैनसिंह महर लगायतका नेताका साथ कार्यकर्ता भेटघाट कार्यक्रम राखेपछी डडेल्धुरा काँग्रेसमा तिक्तता बढेको थियो । देउवाले काँग्रेसजन कोहीलाई काखा र कोहीलाई पाखा गरेको आरोप छ ।
क्रियाशिल सदस्यको नाम थपघट भए पछि देउवा प्रति धेरै काँग्रेस नेता कार्यकर्ताले औला तेस्र्याउन थालेका छन् । जिल्ला सभापतिमा साउदलाई जिताउनका लागी क्रियाशिल थपघट गरिएको आंकलन जिल्ला स्तरका नेताकार्यकर्ताले गर्न थालेका छन । सभापतिका उम्मेदवार साउदको गृह नगर परशुराम नगरपालिकामा सबै भन्दा बढी क्रियाशिल सदस्य थपिएका छन् । परशुराम नगरपालिकामा १ सय ७० जना नयाँ थपिएका छन भने २३ जनाको नाम हटाईएको छ ।
सबै भन्दा बढि क्रियाशिल सदस्यको नाम हटाईनेमा अमरगढी नगरपालिका छ । अमरगढीमा २१६ क्रियाशिल सदस्यको नाम हटाईएको छ । मल्लको वर्शच्चो रहेको मानिने अमरगढी–५ बाट मात्रै १४५ जना क्रियाशिलको नाम हटाईएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी