२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर । दार्चुलामा कोरोनाका कारण लामो सयमदेखि बन्द रहेका विद्यालय स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय प्रशासनले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ ।
आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।
विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन भित्र रहेर सञ्चालन गर्न पाइने जनाइएको छ त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । अब स्थानीय तहले कोरोनाको अवस्था हेरी विद्यालय संचालन गर्न सक्नेछन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी