२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा एमाले छोडेर जनप्रतिनिधीले नेकपा एकृकित समाजवादी पार्टीमा सनाखत गरेका छन् । पुनर्वास नगरका मेयर जिवन थापा सहित १३ जनप्रतिनिधीले आईतवार नेकपा एकृकित समाजवादी पार्टी रोजेका हुन् ।
एमालेबाट निर्वाचन जितेका पुनर्वासका जनप्रतिनिधीले निर्वाचन आयोग कञ्चनपुरको कार्यालयमा पुगेर नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । मेयर थापा सहित एमालेबाट चुनाव जितेका पूनर्वास नगरका १ का वडाध्यक्ष प्रताप ब. चन्द, ३ का वडाध्यक्ष कृष्ण तामाङ्ग, कार्यपालिका सदस्य विष्णूदेवी सिग्देल, वडा सदस्य सुकमाया तामाङ्ग, सुमित्रा राना, पार्वती देवी शाही, शान्ति माया तामाङ्ग पृथम सिह राना, फुर्वा तामाङ्ग, बम बहादुर तामाङ्ग, मान बहादुर तामाङ्ग, सुपा तामाङ्गले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी