२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर :
बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढदै गईरहेको पाईएको छ । वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको जिल्ला अस्पतालले जनाएको छ । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रब टाइफसका बिरामीको संख्या धेरै रहेको अस्पतालले जनाएको हो । अस्पतालमा आएका बिरामीमध्ये दैनिक चार जना जतिलाई स्क्रब टाइफस देखिने गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । केही समय अघिबाट दैनिक देखिने गरेको र जिल्ला अस्पतालबाट रेफर गरेका केही बिरामीहरूमा डेंगु पनि देखिएको उनले बताए । केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । अस्पताल आउने ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको उने बताए । जिल्ला अस्पतालमा मात्र दैनिक २५ भन्दा बढी भाइरल ज्वरोका बिरामीहरू उपचारका लागि पुग्ने गरेका अस्पतालले जनाएको छ । भर्ना गर्नुपर्ने अवस्थाका ज्वरोका बिरामीहरू पनि छन् । दिनमा ५ जनासम्मलाई अस्पतालमा भर्ना गर्नुपर्ने अहिलेको अवस्था रहेको सूचना अधिकारी पन्त बताउछन् । वर्षातमा पानीका मुहानहरू सफा नहुँदा पानीजन्य रोगहरू देखापर्ने गरेको उनले बताए । यो समयमा किर्ना लगायतका किराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका अस्पतालका प्रमुख डा. जोशीले बताए । स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको डा. जोशीको भनाई रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी