२०८१ भाद्र ३१, सोमबार
दार्चुला घटना छानबिन समितिले भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको निष्कर्ष निकालेको छ। उक्त घटना भारतीय एसएसबीकै उपस्थितिमा घटेको अनुसन्धान गरी दोषी लाई कानुनी कारबाही गर्न सिफारिस गरीयको छ।
दार्चुलाको ब्याँस गाउँपालिका २ खाङदाङ मालका जयसिंह धामी सोही गाउँपालिकास्थित मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए। तुइनको तारसँगै महाकाली नदीमा बगी बेपत्ता भएका उनी अझै फेला परेका छैनन्। साउन १५ गते भएको घटना छानबिनका लागि गृह मन्त्रालयले १७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले मंगलबार प्रतिवेदन बुझाएको हो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी