२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर ।
भीमदत्त नगरपालिका १८ गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालयका शिक्षकहरुका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन शिक्षकहरुका लागि कम्प्युटर तालिम सञ्चालन गरिएको छ ।
सात दिनसम्म चल्ने तालिमममा विद्यालयका २० जना शिक्षक सहभागी भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद भट्टले आइतबार तालिम उद्घाटन गरेका छन् ।
उनले विद्यालयलाई सूचना र प्रविधिमैत्री बनाउन शिक्षकहरुलाई तालिम आवश्यक भएको उल्लेख गर्दै आगामी दिनमा निरन्तरता दिइने बताए ।
‘अहिलेको युग कम्प्युटर, विज्ञान र प्रविधिको हो, कम्प्युटर अहिले हामी सबैको अनिवार्य आवश्यकता भइ सकेको छ’ उनले भने,‘विद्यालयमा कम्प्युटरबाट पठनपाठन सहज हुने अपेक्षा गरी यो तालिम सञ्चालन गरिएको छ ।’
अध्यक्ष भट्टले तालिमबाट सहभागी सबै शिक्षकहरुको कम्प्यटर सम्बन्धी ज्ञान सीप बढने आशा व्यक्त गर्दै शिक्षकहरुलाई तालिमबाट कम्प्युटर शिक्षा पठनपाठन प्रभावकारी हुने बताए ।
तालिममा गणेश प्रसाद भट्ट सहजकर्ता छन् । विद्यालयका प्रधानाध्यापक भवानी पन्तले कम्प्युटर सम्बन्धी तालिमले विद्यालयलाई सूचना प्रविधिको क्षेत्रमा एक पाइला अघि बढाएको बताए ।
‘जिल्लामा शिक्षकहरुका लागि शायद कुनै पनि विद्यालयमा यस्तो तालिम सञ्चालन भएको छैन’ उनले भने,‘यसले निङ्गलाशैनी मावि सूचना प्रविधिमा अघि बढेको देखिन्छ, यसमा सबैको साथ र सहयोगको आशा गरेका छौ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले गत वर्ष विदेशबाट कम्प्युटर सहयोग जुटाएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी