२०८१ मंसिर २९, शनिबार
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोभिड–१९ का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक भएको बोर्डले जनाएको छ ।
बोर्ड अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत सार्वजनिक हुनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा थाहा पाउन सक्छन् ।
यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने सुविधा सञ्चालन गरेको छ ।यसका अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडियु सञ्जाल डटकम र कान्तिपुर पब्लीकेशन प्रालीमार्फत पनि नतिजा हेर्न सक्ने उल्लेख गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी