• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण २१, बिहिबार (२ साल अघि)

राजनीतिक हानथापले लालपुर्जा पाउने आशै मर्‍याे!

  • ५८५ पटक पढिएको
  • कञ्चनपुरको वेदकोट नगरपालिका–१ हात्तिथलाका हर्क बहादुर खडायतको करिब १२ कट्ठा ऐलानी जमिन छ। उनले वि.स.२०२२ सालदेखि उक्त ऐलानी जमिन भोगचलन गर्दै आइरहेका छन्।

    भोगचलन गर्दै आइरहेको ऐलानी जमिनको लालपुर्जा प्राप्तिका लागि हर्क बहादुरले हरेक आयोगमा निवेदन दिए। तेस्रो पल्ट केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला गठित भूमिसम्बन्धी समस्या समाधान आयोगमा पनि उनले लालपुर्जाका लागि निवेदन दिएका थिए।

    यस पटक आयोगले काममा तीव्रता दिएकाले उनी लालपुर्जा पाउनेमा आशावादी थिए। तर कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले आयोग विघटन गरेपछि उनको आशा निराशामा परिणत भएको छ।

    ‘आयोग गठन पछि कमाइखाने जमिनको मालिक बन्ने धेरै ठूलो आशा थियो। तर सरकारले हाम्रो आशा क्षणभरमै ध्वस्त पारिदियो’ उनले भने, ‘अब त लालपुर्जा पाइने आशा नै छैन।’

    दुई तिहाई नजिकको सरकार हुँदा पनि आफूहरुको समस्या समाधान नभएको र नेताहरूले भोट बैंकका रुपमा मात्रै प्रयोग गरेको उनले बताए।

    ‘मनमोहन अधिकारी प्रधानमन्त्री हुँदाको आयोगमा पनि फारम भर‍्‍याैं तर पछि कांग्रेसले आयोग विघटन गर्‍याे, लालपुर्जा पाउन सकेनौँ’ उनले भने, ‘यसपाली पनि यस्तै भयो। लालपुर्जा दिन्छौँ भनेर भोट माग्छन् तर हाम्रो यो समस्या कहिल्यै समाधान हुँदैन।’

    हर्क बहादुर जस्तै वर्षौंपछि आफ्नै जमीनको मालिक हुन पाउने हजारौँका सपना तुहिएका छन्। दशकौँ भइसक्दा पनि जग्गा धनी पुर्जा हात पार्न सकेनन्, उनीहरुले।
    राजु धामी पनि २०६८ सालदेखि हात्तिथलामा ऐलानी जमीन भोगचलन गरिरहेका छन्। पुर्जा हात पर्छ भनेर उनले पनि धेरै सपना बुनेका थिए। जग्गा धनी पुर्जा बैंकमा राखेर ऋण निकाल्ने र व्यवसाय गर्ने योजना बुनेको थिए, उनले।
    ‘आयोगले पुर्जा दियो भने ऋण निकालेर खेती गर्ने योजना थियो। तर सरकारले सबै सपना उडाएको छ’ उनले भने, ‘लालपुर्जा पाउने सपना सपनामै सीमित हुने जस्तो भैसक्यो।’
    सरकारले नागरिकता बाहेक अहिलेसम्म केही नदिएको गुनासो गर्छन, बेदकोट नगरपालिका–५ धरमपुरका गोविन्द धामी।
    ‘नेपाल सरकारले नागरिकता बाहेक केही दिएको छैन। लालपुर्जाको लागि फाराम भर्दा भर्दै पनि धेरै खर्च भैसक्यो’ उनले भने। लालपुर्जा नहुँदा स्थानीय व्यापार, व्यवसायदेखि ऋण लगायत सुविधाबाट वञ्चित हुनु परेको छ। राजनीतिक दलको सत्ताको खेलमा आफूहरु पिल्सिएर बस्नु परेको राजु धामी बताउँछन्।

    ‘एमाले सरकारमा हुँदा बनाएका आयोग कांग्रेसले बेला बेलामा विघटन गरेर समस्या समाधान हुन सकेका छैनन्। चुनावमा लालपुर्जा दिन्छौँ भनेर भोट मागे तर त्यो हुनै लाग्दा सरकार ढलेर जनताको काम रोकियो’ उनले भने, ‘हाम्रा समस्यामा नेताहरूले राजनीति गरे। कुर्सीका लागि एक सरकारले गठन गरेका आयोग अर्काेले विघटन गर्‍यो।’

    भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी फिर्ता हुनु पर्ने स्थानीयले माग गरेका छन्। ऐलानी बस्तीमा ठूला पक्की घर, कालोपत्र सडकदेखि विद्यालय, खानेपानी लगायत भौतिक पूर्वाधारहरु पनि बनेका छन् तर स्थानीयकाे हातमा पुर्जा छैन।

    ‘दुई वर्ष लगाएर कानून निर्माण गरी समस्या समाधानका लागि धेरै काम भइसकेको थियो। यसैबीचमा आयोग खारेजी हुन जन विरोधी काम हो’ स्थानीय वीर बहादुर खडायतले भने, ‘पदाधिकारी अर्का राखेर भए पनि यो समस्या समाधान गर्नु पर्छ।’

    जो सुकै आयोगमा आए पनि अहिलेसम्म भएको कामलाई निरन्तरता दिनु पर्ने बेदकोट नगरपालिकाका नगर प्रमुख असोक कुमार चन्दको भनाई छ।
    ‘अहिलेसम्म धेरै काम भएको छ। अव्यवस्थित बसोबासीको नापी पनि सुरु भएको छ’ उनले भने, ‘अब यहीँबाट निरन्तर काम अगाडि बढाउनु पर्छ।’
    वर्तमान सरकारले भूमि आयोग विघटन गरेर जनताको आशा, भरोसामाथि खेलबाड गरेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद नरबहादुर धामीले बताउँछन्।

    ‘लालपुर्जा दिएर आफ्नो जमीनको मालिक बनाउने एमाले सरकारको योजना यो सरकारले चकनाचुर गरेको छ’ उनले भने, ‘यथाशीघ्र आयोग खारेजी फिर्ता लिएर जनताको हितमा काम गर्न सहजता पार्नुपर्छ।’

    भूमिसम्बन्धी समस्या समाधान आयोग (कञ्चनपुर) मा अनुसुची ४ (अव्यवस्थित बसोबासी) अनुसार ६० हजार ९ सय २६, अनुसुची ३ (भूमिहिन दलित र भूमिहिन सुकुम्बासी) अनुसार ४ हजार २ सय ६५ र अनुसुची २ अनुसार ६ हजार ४ सय २४ निवेदन परेका छन्।
    कञ्चनपुरमा भूमिसम्बन्धी ८० प्रतिशत काम सकिएको निवर्तमान अध्यक्ष कमला बोहराले बताइन्।
    उनका अनुसार लगत संकलन, अभिमुखिकरण कार्यक्रम, पुर्जा वितरण गर्नुअघि दिने निस्सा वितरण लगायतका काम सकिएको छ। वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकामा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच गर्न पनि थालिएको छ।
    ‘आयोगले तीव्रताका साथ काम गरिरहेको थियो। तर विघटन गरेर जनताको काम गर्न नपाउँदा दुख लागेको छ’ उनले भनिन्, ‘आयोग खारेज गर्नु हुँदैन। पदाधिकारी अर्को राखेर भए पनि कामलाई निरन्तरता दिनु पर्छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution