२०८० जेष्ठ १५, सोमबार
दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटका जयसिंह धामी शुक्रबार विहानै काठमाण्डौँ जान घरबाट टिकाटालो गरि सरमुकाम खलंगा तिर लागे । विहान ८ बजे ८ वर्षको छोरा,२ वर्षकी छोरी र श्रिमतीलाई राम्रो संग बस्नु म छिट्टै फर्केर आउछु भन्दै घरबाट विदा भएका धामी कहिले नफर्किने गरि विचबाटोमै अस्ताए । बैदेशिक रोजगारीका लागि काठमाण्डौँ जानलागेका धामी गन्तव्यमा पुग्न सकेनन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले धामी चढेको तुइन काटिदिँदा महाकाली नदीमा खसेर धामी बेपत्ता भएका छन् ।
भारतको उत्तराखण्डस्थित पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जवाफ फर्काउँदै उक्त घटनामा एसएसबीको संलग्नता अस्वीकार गरेका हुन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले नेपालखबरसँग कुरा गर्दै उक्त घटनामा एसएसबीको संलग्नता भारतीय पक्षले अस्वीकार गरेको जानकारी दिए। ‘घटनाबारे हामीले भारतीय पक्षलाई हिजै चिठी पठाएर सोधेका थियौँ’, जोशीले भने, ‘जवाफमा भारतीय समकक्षीले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेका छन्।’
उनका अनुसार भारतीय पक्षले घटना हुँदा एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा स्वीकारेको छ। पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रशासनले शनिबार नै गृह मन्त्रालयमा पठाएको छ। ‘पिथौरागढका जिल्ला अधिकारीले पठाएको लिखित जवाफ हामीले आज प्राप्त गरेका छौँ,’ जोशीले भने, ‘त्यसमा एसएसबीको संलग्न नरहेको र तुइन तर्न नसकेर युवक आफैँ नदीमा खसेको भनिएको छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी