२०८१ आश्विन २१, सोमबार
कञ्चनपुर:
ढाेकामा झुन्डिएको साइनबोर्डमा यस्तै व्यहाेरा कुँदिएको थियाे। पढिसकेर हात लगाउन खाेज्दा पहेरदार भाेटे कुकुर लखेट्न अाएपछि म कुलेलम ठाेक्न बाध्य भए। हाकिमसाबकाे चर्चा परिचर्चा बजारमा गरम मसला नै थियाे। भ्रष्टाचार विराेधि अड्डाका हाकिमसाबले भ्रष्टाचार गर्छन् र भ्रष्टाचारीलाई शरण दिन्छन् भन्ने कुराकाे परिकल्पना अाम मान्छेले गर्ने कुरै भएन। त्यै अफिसकाे बाटाे भएर अाेहाेर दाेहाेर गर्नुपर्ने मेराे बाध्यता नै थियोे । भाेलिपल्ट अफिस निर पुग्दा छड्के अाँखा लगाएकाे त बेग्लै दृश्य पाे देखियाे। दुई थान सुकिलाहरु जिपबाट झरिरहेका थिए , एउटाकाे हातमा सुटकेश जस्ताे देखिने खै के हाे ? झुन्डिएको थियाे । लकडाउनकाे समय दुवैजनाले मास्क लगाएकाले चिन्न चै गाह्राे भयाे। गेटमा झुन्डिएको साइनबोर्ड तिर अाँखै नलगाई दुवैजना भित्र छिरे । मलाई लखेट्न अाएकाे पहरेदार कुकुर पनि नभुकेर पुच्छर हल्लाइ रह्याे। सायद पुरानो चिनजान हाेला । भित्र छिरेकाे पाँच मिनेट नि भा ´थेन फर्केर खालि हात दुवै बाहिर पाे अाइसके त बा । कति तिनीहरू कै चियाे गर्नु , म अाफ्नाे बाटाे लागे । भाेलिपल्ट पत्रिकामा त्यै कार्यालयकाे नाम सहितकाे हेडलाईन न्युज पढ्दा तीन छक्क परें । तिनै हाकिमसाबकाे नाम अनि दलालबाट घुस लिएको गरम मसालेदार खबर । -अाे हाे भ्रष्टाचारीलाई नाे इन्ट्री झुण्ड्याउनुकाे कारण त यस्तो पाे रैछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी