२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर ,१२
अाफ्नाे स्थापनाकालदेखि नै धूम्रपान, मद्यपान तथा लागूऔषध सेवन एवम् बेचबिखन बिरुद्धकाे अभियानमा क्रियासिल संस्था हेल्प नेपाल, कञ्चनपुर र समाजमा उज्यालो छर्नेहरुलाई सम्मान गर्दै अाइरहेकाे संस्था मानसखण्ड फाउन्डेसनकाे सहकार्यमा भीमदत्त नगरपालिका वडा नं. १० ,तिलकेनी बसाेबास गर्ने नरेन्द्र राज जाेशीलाई सम्मान गर्ने कार्यक्रम भीनपा १० का वडा अध्यक्ष परमानन्द जाेशीकाे प्रमुख अातिथ्यतामा सम्पन्न गरियाे। हेल्प नेपालका अध्यक्ष मदन चन्दकाे अध्यक्षता रहेकाे कार्यक्रममा मानसखण्ड फाउन्डेसनका अध्यक्ष रमेश पन्त मीतबन्धुले कार्यक्रममा उपस्थित महानुभावहरुमा स्वागत गर्दै समाजका लागि स्वतः स्फूर्त रूपमा लागिपर्ने व्यक्तिहरुलाई अझ उत्साहित पार्ने र युवापुस्तालाई प्रेरणा दिने उद्देश्य अनुरुप कार्यक्रम गरेकाे बताएका थिए।
कार्यक्रमकाे सञ्चालन गर्दै मानसखण्ड फाउन्डेसनका सचिव हेमबाबु लेखकले समाजसेवाका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर भावी पुस्तालाई सभ्य, शिष्ट र मर्यादित बनाउन सबैले अा- अाफ्नाे ठाउँबाट लाग्नु पर्ने कुरामा जाेड दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि भिनपा वडा नम्बर १० का वडाध्यक्ष परमानन्द जाेशीले विगत लामाे समयदेखि अाफु सुर्ती सेवन गर्दै अाइरहेकाे र याे कार्यक्रममा प्रमुख अतिथि बन्ने थाहा पाएपछि नैतिकताले पनि साे बानी छाडेकाे र अाइन्दा कहिल्यै सेवन नगर्ने बरू नियन्त्रण अभियानमा लाग्ने कुरा बताएका थिए। हामीले अाजैदेखि धूम्रपान , मद्यपान र लागूऔषध बिरूद्ध कार्यकाे थालनी गरेनाै भने केही बर्षपछि हाम्राे जस्ताे बैदेशिक सिमाना जाेडिएकाे वडामा दुर्व्यसनी मात्रै भेटिने अवस्था रहेकोले त्याे अवस्था सिर्जना नहाेस भन्नका लागि वडा सुधारमा लागिरहने कुरामा जाेडदिदै यस कार्यक्रमले थप जिम्मेवारी बाेध गराएकाे कुरा ब्यक्त गरेका थिए।कार्यक्रममा सम्मानित व्यक्ति नरेन्द्र राज जाेशी विगत अाठ नाै बर्ष यता तिलकेनीमा खुद्रा तथा नास्ता पसल संचालन गर्दै अाइरहेका तर धूम्रपान तथा मद्यपान बेचबिखन बिरूद्धकाे अभियानमा स्वत: स्फूर्त रुपमा सक्रिय व्यक्ति हुन्। सम्मान ग्रहण गर्दै जाेशीले सम्मानले मलाई थप जिम्मेवारी प्रदान भएकाे महशुस गरेकाेले अागामी दिनमा अझै सक्रियता साथ समाजसेवामा लाग्ने कुरा बताए। कार्यक्रमकाे समापन गर्दै हेल्प नेपालका अध्यक्ष मदन चन्दले धूम्रपान ,मद्यपान तथा लागूपदार्थ विरुद्ध विगत लामो समयदेखि कार्य गर्दै अाइरहेकाे र कार्य गरिरहने प्रतिबद्धता गर्दै विकासको मापन सडक,भवन तथा पुल पुलेसा निर्माणका अाधारमा मात्रै गर्ने परिपाटी रहने गरेकाेले हामीले ती कुराहरुकाे उपभाेग गर्ने मान्छेहरु कस्तो बनाउने भन्ने कुरापट्टि पनि ध्यान दिनु अावश्यक देखिन्छ । तसर्थ सामाजिक प्रगति तथा सांस्कारिक प्रगतिलाई पनि विकासकाे मापदण्ड बनाउनु पर्ने कुरामा जाेड दिएका थिए। साथै वडा अध्यक्ष ज्युकाे सुर्ती सेवन त्याग गर्ने प्रतिबद्धताको प्रशंसा गर्दै वहाँ जस्तै राजनीतिमा समर्पित अन्य सेवनकर्ताहरूले पनि इमानदारीता साथ अाफुले पनि त्याग्ने र अरुलाई पनि त्याग गर्न प्रेरणा दिएमा समाज सुधार गर्न थप उर्जा मिल्ने कुरा बताए। कार्यक्रममा हेल्प नेपालका उपाध्यक्ष प्रेमसिह ठगुन्ना , सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेन्द्र पन्त , युवा बर्ष माविका शिक्षक भान सिह साउद, समाजसेवीहरू गाेकुलराज जाेशी, गाैरीदत्त जाेशी, हरिदत्त जाेशी, जगदीश बिष्ट , प्रकाश थापा दिलिप सिह धामी लगायतको उपस्थिति रहेकाे थियाे।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी