• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १७, मंगलबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

२

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

३

नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

४

भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

५

बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

६

पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

७

कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

८

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

९

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

१०

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

११

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

१२

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

Gokul joshiप्रकाशित मिति: २०७८ भाद्र १२, शनिबार (१ साल अघि)

सुदूरपश्चिममा भीम रावललाई झट्का

  • ५०० पटक पढिएको
  • महेन्द्रनगर:
    शेर बहादुर कुँवर अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद हुन ।

    नेकपा एमाले विभाजन हुँदा उनी माधव कुमार नेपाललाई साथ दिएर नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।
    बुधवार निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा उनले नेकपा एकीकृत समाजवादीका लागि सनाखत पनि गरेका थिए ।

    कमजोर बन्दै
    कुँवरको यो कदमले एमाले उपाध्यक्ष भीम रावललाई गृहजिल्लामै झट्का लागेको छ । नेकपा एकीकृत समाजवादीमा लागेका कुँवर भीम रावलका विश्वासपात्र मानिन्थे । कुँवर एमाले अछामको अध्यक्ष पनि थिए ।

    नेपाल समूहमा लागेकोे भन्दै गत चैत्र २० गते ओली पक्षले उनलाई अध्यक्षबाट हटाएर चन्द्र बोहरालाई अछामको अध्यक्ष बनाएको थियो । पछि रावलले नेपाल समूहको समानान्तर कमिटी विस्तार गर्दा उनलाई अछामको अध्यक्ष बनाएका थिए ।

    सुरुवातदेखि नै कुँवर भीम रावलको पक्षमा थिए । तर नेकपा एमाले फुटमा रावलले आफू निकट कुँवरलाई संगै राख्न सकेनन् ।

    भीम रावलको साथ छोडेर कुँवर नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । आफू निकटलाई आफूसंगै एमाले राख्न नसकेकोले भीम रावललाई गृहजिल्लामै ठूलो धक्का लागेको हो ।

    सांसद कुँवरको पक्षमा अछाममा राम्रो जनमत रहेको नेताहरुको भनाई छ । कुँवरले मात्रै होइन, रावलका विश्वासपात्र मानिने अन्य जिल्लाका नेताहरुले पनि उनको साथ छोडेकाले शक्ति क्षयिकरण भइरहेको नेताहरु बताउँछन् ।

    ‘हिजोका दिनमा भीम रावलको प्रदेशमा दबदबा थियो । अब त्यो अवस्था नरहने देखिन्छ ।’ एमाले छोडेका एक नेताले दैनिक सञ्चारसंग भने, ‘हामी पनि उहाँ र माधव कमरेडलाई नै नेता मानेर हिडेका थियौँ । उहाँहरुले माधव कमरेडलाई धोका दिनु भयो, हामीले त्यसो गर्न सकेनौँ ।’

    एमाले स्थायी कमिटी बैठकले एकता कार्यदलको १० बुँदे समझदारी कार्यान्वयन र पार्टीका हरेक तहका संरचनालाई २०७५ जेठ २ पूवैकै अवस्थामा फर्काउने निर्णय गरे पछि रावल सहित मध्यमार्गी भूमिकाका १० नेता एमालेमै फर्किएका छन् ।

    गुमाउँदै साथ
    नेकपा एमालेको फुटले सुदूरपश्चिममा भीम रावलले पनि आफू निकट नेताहरु गुमाउनु परेको छ ।
    गत चैत्र अन्तिम साता रावलको संयोजकत्वमा गठन गरिएको नेपाल समूहको समानान्तर जिल्ला कमिटीका ५ अध्यक्षले उनको साथ छोडेको पाइएको छ ।

    सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी पनि रावलका विश्वास पात्र हुन । तर एमाले फुटमा उनले पनि भीम रावलको साथ छोडेका छन् ।

    रावल निकट रहेका उनी नेकपा एकीकृत समाजवादीमा लागेका छन् । सोडारीको प्रदेश सभामा बलियो पकड मानिन्छ । एमाले कैलाली अध्यक्ष समेत रहेका उनलाई चैत्र २० मा ओली पक्षले हटाएको थियो । पछि रावलले उनलाई नेपाल समूहको समानान्तर कमिटीको अध्यक्ष बनाइएको थियो ।

    यता एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेश सांसद तारालामा तामाङ्गले पनि रावलको साथ छाडेका छन् । रावल निकट तामाङ्ग नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । उनी एकीकृत समाजवादी पार्टीको काठमाडौमा भएको भेलामा सहभागी भएका थिए ।

    नेपाल समूहमा रहेकाले ओली समूहले तामाङ्गलाई पनि कञ्चनपुर अध्यक्षबाट हटाएको थियो । पछि रावलकै पहलमा उनी नेपाल समूहको समानान्तर कमिटीको अध्यक्ष बनेका थिए ।

    यस्तै डडेल्धुराका अध्यक्ष डा. तारा जोशी पनि नेकपा एकीकृत समाजवादीमै खुल्ने मनस्थितीमा छन् । सुरुवातदेखि नै नेपाललाई साथ दिएकोले अब पनि उहाँकै पार्टीमा जाने सम्भावना बढि रहेको डा. तारा जोशीले बताए ।

    नेपाल निकट उनलाई पनि ओली पक्षले अध्यक्षबाट हटाएको थियो र पछि रावलले डडेल्धुराको समानान्तर कमिटीको अध्यक्ष चयन गरेका थिए ।

    यता नेपाल निकट बझाङ्गका अध्यक्ष दील बहादुर सिंह पनि नेकपा एकीकृत समाजवादीतर्फ खुल्ने तयारीमा छन् । उनी ओली समूहले बनाएका अध्यक्ष अफिलाल ओखेडाको अध्यक्षतामा बसेको बैठकमा अनुपस्थित रहेका थिए । सिंहलाई पनि अध्यक्षबाट हटाइएको थियो र रावलको सक्रियतामा नेपाल समूहको समानान्तर कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

    प्रदेश सभा
    सुदूरपश्चिम प्रदेश सभामा रावलको पकड बलियो छ । एमालेमा आन्तरिक विवाद रहेका बेला ओली समूहले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकार ढाल्न खोजेको थियो । तर नेपाल समूहले त्यो सफल हुन दिएन । त्यसका लागि भीम रावल नै सक्रिय भएका थिए ।

    माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेपाल समूहले विश्वासको मत दिएर सरकार जोगाएका थिए ।
    नेपाल समूहमा दरो भएर लागेका रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई असफल पारेका थिए । र पछि नेपाल–ओली समूहबीच कारबाहीको दोहोरी नै चलेको थियो ।

    रावलको शक्ति बलियो भएकाले उनको चालकै वरिपरि सुदूरपश्चिमको राजनीति घुम्ने गरेको नेताहरुको बुझाई छ ।
    यद्यपी एमाले विभाजनले रावलले अब त्यो शक्ति गुमाउन सक्ने एमालेका एक नेताको दाबी छ ।

    ‘तत्कालीन नेपाल समूह निकट ४/५ सांसद बाहेक अरु सबै हामीसंग आउँछन् । बहुमत सांसद हाम्रै पक्षमा छन् ।’ ती नेताले भने, ‘प्रतिगमन, निरुकुशतालाई लाद्ने काम गर्नेलाई सहयोग गर्छन भन्ने मलाई लाग्दैन ।’

    संसदको अंक गणित
    सुदूरपश्चिममा सभामुख सहित एमालेका २५ सांसद छन् । तीमध्ये नेपाल समूहमा १७ जना र ओली समूहमा ७ जना खुलेका थिए । नेपाल समूहका ४ जना सांसद अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन् । अन्य १३ जना भने अझै अन्यौलमा नै छन् ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्वउद्योग, वन तथा वातावरणमन्त्री माया भट्टले पनि रावलको साथ छोडेका छन् । उनीहरु नेकपा एकिकृत समाजवादीको केन्द्रीय सदस्य चयन भएका छन् ।

    अध्यादेशले पार्टी रोज्नका लागि २१ दिनको समयसीमा तोकेकोले अहिले नै सांसद को कता भनेर एकिन गर्न गाह«ो रहेको एक सांसदले बताए । ‘कोही कोही नेता/सांसदहरु खुलेका छन् तर अझै सबै खुलेका छैनन् ।’ ती सांसदले भने, ‘अब २/३ दिनभित्रै दिनमा को कता लाग्छन् थाहा हुन्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १६ घण्टा अघि

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • १७ घण्टा अघि

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • २0 घण्टा अघि

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • १ दिन अघि

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • समाचार
  • १

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • २

    कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

  • ३

    नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

  • ४

    भीमदत्त नगरपालिका-६ स्थित एक कवाड संकलन केन्द्रमा बिस्फोट

  • ५

    बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

  • ६

    पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीको परिचयात्मक कार्यक्रम

  • ७

    कञ्चनपुर उद्योग बाणिज्य संघको दोस्रो स्थापना दिवस, अनाथ बालिबालिकालाई कपडा वितरण

  • ८

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • ९

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १०

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution