२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली छ लेनको सडकमा जान प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा माथि निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्गमा जान प्रतिबन्ध लगाएको हो । निर्माणाधीन सडकमा भीडभाड हुन थाले पछि कोरोनाको जोखिम बढेकोले आइतवारदेखि सडकमा जान प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए । ‘भीडभाडले कोरोनाको जोखिम पनि बढेको र सुरक्षाको दृष्टिले पनि संवेदशील भएकाले घुमघामका लागि सडकमा जान निषेध गरिएको छ ।’ उनले भने, ‘निर्माण कम्पनी कामदार र त्यहाँका स्थानीयलाई हिडडुल गर्न पाउँछन् तर सडकमा बस्ने गरेर जान पाउदैनन् ।’ सामाजिक सञ्जालमा भाइरल भए पछि सडकमा दैनिक ४/५ हजार मानिस सेल्फी, भिडिओ खिच्न, टिकटक बनाउनका लागि पुग्ने गरेका छन् । अहिले यो सडक ‘भाइरल रोड’ले चर्चित बनेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी