२०८१ मंसिर २२, शनिबार
कञ्चनपुर: महेन्द्रनगरको मदन चोक स्थित खुलामञ्चमा सहयात्रा नेपाल कञ्चनपुरले दिप प्रज्वलन कार्यक्रम गरिएको छ।
सोमबार काठमाडौ उपत्यकामा प्रत्येक वर्ष उल्लासका साथ उक्त दिनमा बनाइने गाईजात्रा पर्व कोरोना “कोभिड -१९” को कारण गाईजात्रा नभएको हुँदा आफ्नै क्षेत्रमा १८ औं गाईजात्रा पर्व स्वास्थ्य मापदण्डको पालना गरि भौतिक उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताउनु भएको छ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको सनत्रास पछी निल हिरा समाजको गत सालको १७ औं गाईजात्रा काठमाडौ उपत्यकामा नभई आफ्नै क्षेत्रमा मनाएको थियो भने अहिलेको वर्षमा पनि कोभिड-१९ को प्रभावले आफ्नै जिल्लाको सदरमुकामा एलजिबिटिआईक्यू समुदाय,मिडिया अन्य संघसंस्थाका पदाधिकारीको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरकि अध्यक्ष अनिशा धमलाले बताइन् ।
उनका अनुसार ‘बर्षेनी गर्दै आएको यो अभियानका साथै पर्वलाई छुटाऊनु नहूने हुँदा आज सामाजिक तथा भौतिक दुरी कायम गरी सहयात्रा नेपालका अध्यक्ष अनिषा धमला, कार्यक्रम संयोजक चाल्स बोन सिजापती लगायत सम्पुर्ण कर्मचारी , मिडियाको तर्फबाट भाष्कर केसि ,महोन बिष्ट अन्य संघसंस्थाको तर्फबाट देवराज बडु,बिमला भट्ट ,ममता सुनार लगायत २५ जनाको उपस्थितिमा ममबत्ती बाली दिवंगत हुनु भएका हरुको आत्मा शान्ती र श्रद्धाञ्जली सवरुप दिप प्रज्वलन गरि कार्यक्रमको समापन गरिएको हो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी