२०८१ कार्तिक २०, मंगलबार
कंचनपुर: विगत लामाे समयदेखि धूम्रपान, मद्यपान तथा लागूऔषध बिरुद्धकाे अभियानमा क्रियासिल संस्था हेल्प नेपाल, कञ्चनपुर र समाजसेवीहरुलाई सम्मान गर्दै अाइरहेकाे संस्था मानसखण्ड फाउन्डेसनकाे सहकार्यमा भीमदत्त नगरपालिका वडा नं. २ बसाेबास गर्ने राज बहादुर चाैधरीलाई सम्मान गर्ने कार्यक्रम भीनपा २ का वडा अध्यक्ष डम्बर सिह कार्कीकाे प्रमुख अातिथ्यतामा सम्पन्न गरियाे। हेल्प नेपालका अध्यक्ष मदन चन्दकाे अध्यक्षतारहेकाे कार्यक्रममा मानसखण्ड फाउन्डेसनका अध्यक्ष रमेश पन्त मीतबन्धुले कार्यक्रममा उपस्थित महानुभावहरुमा स्वागत गर्दै समाजका लागि स्वतः स्फूर्त रूपमा लागिपर्ने व्यक्तिहरुलाई अझ उत्साहित पार्ने र युवापुस्तालाई प्रेरणा दिने उद्देश्य अनुरुप कार्यक्रम गरेकाे बताएका थिए।
कार्यक्रमकाे सञ्चालन गर्दै हेल्प नेपालका सचिव राकेश बहादुर चन्दले विकासको मापन सडक,भवन तथा पुल पुलेसा निर्माणका अाधारमा मात्रै गर्ने परिपाटी रहने गरेकाेले हामीले ती कुराहरुकाे उपभाेग गर्ने मान्छेहरु कस्तो बनाउने भन्ने कुरापट्टि पनि ध्यान दिनु अावश्यक देखिन्छ । तसर्थ सामाजिक प्रगति तथा सांस्कारिक प्रगतिलाई पनि विकासकाे मापदण्ड बनाउनु पर्ने कुरामा जाेड दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि भिनपा वडा नम्बर २का वडाध्यक्ष डम्बर सिह कार्कीले वडा सुधारमा अाफु लागिरहेकाे र लागिरहने कुरामा जाेडदिदै सम्मान कार्यक्रमले अझै उर्जा तथा प्रेरणा प्रदान गरेकाे कुरा बताएका थिए।कार्यक्रममा सम्मानित व्यक्ति राज बहादुर चाैधरी विगत १० बर्ष यता उल्टाखाममा खुद्रा माइती पसल संचालन गर्दै अाइरहेका तर धूम्रपान तथा मद्यपान बेचबिखन बिरूद्धकाे अभियानमा स्वत: स्फूर्त रुपमा सक्रिय व्यक्ति हुन्। सम्मान ग्रहण गर्दै चाैधरीले सम्मानले मलाई प्रेरणा प्रदान गरेकाेले अागामी दिनमा अझै सक्रियता साथ समाजसेवामा लाग्ने कुरा बताए। कार्यक्रमकाे समापन गर्दै हेल्प नेपालका अध्यक्ष मदन चन्दले धूम्रपान ,मद्यपान तथा लागूपदार्थ विरुद्ध विगत लामो समयदेखि कार्य गर्दै अाइरहेकाे र कार्य गरिरहने प्रतिबद्धता गर्नु भएकाे थियाे। कार्यक्रममा शिवटाेल विकास संस्थाका अध्यक्ष दिलाराज पन्त, समाजसेवी चक्रानन्द जाेशी, प्रेमसिह ठगुन्ना , सुरेश ऐरि, राजेन्द्र पन्त लगायतको उपस्थिति रहेकाे थियाे।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी