२०८१ कार्तिक १९, सोमबार
महेन्द्रनगर ।
दरबन्दी मिलान विरुद्ध आन्दोलनरत नेपाली काँग्रेस सम्बद्ध शिक्षकको समूहले भीमदत्त नगरपालिकामा तालाबन्दी गर्न खोज्दा प्रहरीसंग भएको झडपका बारेमा सांसद डा. दीपक प्रकाश भट्ट बोलेका छन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भट्टले नेपाली काँग्रेस र भातृ संस्थाहरुका नेताहरुबाट प्रहरी, शिक्षक र नगरपालिकाका कर्मचारीमाथि भएको आक्रमणको भत्सर्ना गरेका छन् ।
भीमदत्त नगर पालिका, नगर शिक्षा समितिबाट मिति २०७८ असाढ ३१ गतेको निर्णय अनुसार प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षक ट्रेडहरुका पदाधिकारीहरु बीचको बैठकबाट दरबन्दी मिलानको विषयमा भएको सहमति कार्यान्वयनमा सहयोग र सहजीकरण गर्नुको काँग्रेस नेताहरुले प्रहरी, शिक्षक र नगरपालिकाका कर्मचारीहरुमाथी भएको आक्रमण भत्सर्ना योग्य रहेको सामाजिक सञ्जाल (फेसबुक) मा उल्लेख गरेका छन् ।
वार्ता र सम्वादको माध्यमबाट दरबन्दी मिलान र अन्य समस्याहरु समाधान गर्ने लोकतान्त्रिक परम्परा विपरित सत्ता पक्ष बन्ने बितिक्कै हिंस्रक जत्थाका रुपमा जनताको प्रतिनिधिहरुले सेवा दिने थलो नगरपालिकामाथि गरिएको आक्रमण निन्दनीय रहेको उनले उल्लेख गरेका छन् ।
घट्नाको सत्य, तथ्य छानबिन गरि दोषीहरुमाथि कडा भन्दा कडा कार्वाही गर्न उनले सरकारसंग माग गरेका छन् ।
यस्तै जिल्ला प्रशासनले उपयुक्त समयमा भएको हस्तक्षेपले परिस्थितिलाई ठुलो दुर्घटनाको रुप लिनबाट बचाएकोमा उनले धन्यवाद समेत व्यक्त गरे ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी