• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन ४, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

२

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

३

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

४

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

५

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

६

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

७

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

८

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

९

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१०

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

११

समाजवादीले भन्यो, ‘सुप विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटीमाथि छानबिन गरेर कार्बाही हुनुपर्छ’

१२

जनतालाई अनुभूति हुने गरी काम गर्छु,याम बहादुर मल्ल

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

पश्‍चिम आजप्रकाशित मिति: २०७८ भाद्र ४, शुक्रबार (२ साल अघि)

सुदूरपश्चिममा माधव कुमार नेपालको शक्ति कमजोर भएको

  • ८०३ पटक पढिएको
  • महेन्द्रनगर:
    नेकपा एमालेको विभाजनमा उपाध्यक्ष भीम रावल तटस्थ बस्दा सुदूरपश्चिममा माधव कुमार नेपालको शक्ति कमजोर भएको छ । एमाले वरिष्ठ नेता नेपालले एमाले समाजवादी पार्टी दर्ताको प्रक्रिया थालेसंगै भीम रावलले त्यसमा साथ दिएका छैनन् ।

    सुदूरपश्चिमका प्रभावशाली नेता रावलले एमाले फुटमा अझै कित्ता क्लियर गर्न सकेका छैनन् । एमाले विभाजनमा मध्यमार्गी बाटो समातेर रावल सहित एमालेका दोस्रो तहका नेताहरु एकताको पक्षमा सक्रिय छन् ।

    नेपाललाई साथ नदिएर रावल संस्थापन पक्षमै उभिए प्रदेशमा एमाले बलियो बन्ने नेताहरु दाबी गर्छन् । ‘हाम्रो नेता भीम रावल नै हुनुहुन्छ । उहाँ जता जानु हुन्छ । हामीहरु पनि त्यतै जान्छौँ । उहाँ अहिले पनि एकताका लागि अन्तिम कसरतमै हुनुहुन्छ ।’ एमालेका एक सांसदले  भने, ‘संस्थापनतिरै रह्यौ भने प्रदेशमा हाम्रो बलियो पकड रहन्छ ।’

    नेपालका विश्वास पात्र मानिएका रावलले नयाँ पार्टी गठनमा साथ नदिए पछि सुदूरपश्चिममा माधव कुमार नेपालको उपस्थिती कमजोर देखिएको हो ।

    एमाले उपाध्यक्ष रावलको सुदूरपश्चिममा पार्टी संगठनभित्र बलियो पकड छ । उनी तटस्थ बस्दा अहिले एमाले विभाजनमा सुदूरपश्चिमका धेरै नेताहरु पर्ख र हेरको अवस्थामा छन् ।

    सुदूरपश्चिम प्रदेश सभाका बहुमत प्रदेश सांसद अहिले रावलको पक्षमा छन् । सभामुख सहित २५ प्रदेश सांसद रहेको एमालेमा नेपाल समूहमा १७ सांसद थिए भने ओलीको पक्षमा ७ सांसद थिए ।

    माधव कुमार नेपालले नयाँ पार्टी गठनका लागि प्रक्रिया थाले पछि उनले सुदूरपश्चिममा शक्ति गुमाएका छन् । माधव समूहका १५ प्रदेश सांसदले नै उनलाई साथ दिएका छैनन् । अहिले उनको पक्षमा दुई प्रदेश सांसद मात्रै उभिएका छन् ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्वउद्योग, वन तथा वातावरणमन्त्री माया भट्टलाई एमाले (समाजवादी)को केन्द्रीय सदस्य बनाइएको छ । ती दुई जना प्रदेश सांसद सुहति सुदूरपश्चिमबाट एमाले समाजवादीमा ६ जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

    निरादेवी जैरु (डडेल्धुरा), प्रेम आले (डोटी), उर्वादत्त पन्त (कञ्चनपुर) र भानुभक्त जोशी (बझाङ) लाई एमाले समाजवादीमा केन्द्रीय सदस्य चयन गरिएको हो । तर तीमध्ये भानुभक्त जोशीले भने पार्टीमा बस्न अस्विकार गरेका छन् ।

    उनले आफ्नो सहमति नलिईनक आफ्नो नाम राखिएको भन्दै सामाजिक सञ्जालमार्फत असहमति जनाएका हुन् । ‘म निरन्तर पार्टीको एकताको पक्षमा लागि रहेको थिएँ र अहिले पनि लागी नै रहेको छु,’ नेता जोशीले भनेका छन्, ‘मेरो सहमति नलिई मेरो नाम नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखिएकोमा मेरो सहमति नभएको जानकारी गराउँछु ।’

    राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुुपर्ने सुुविधा दिएको छ । २१ दिनपछि मात्रै एमालेमै रहने प्रदेश सांसद र एमाले समाजवादीमा जाने सांसदको टुंगो लाग्ने देखिन्छ ।

    यस्तै एमालेका केन्द्रीय सदस्यमध्ये सुदूरपश्चिमबाट गरिमा शाह, प्रेम आले र निरादेवी जैरुमात्रै एमाले समाजवादीमा गएका छन् । माधव समूहकै भीम रावल, झपट रावल, विक्रम शाही, रामकुमार ज्ञवाली र प्रकाश शाहले भने एमाले छोडेका छैनन् र नेपाललाई साथ पनि दिएका छैनन् ।

    एमालेमा अहिले लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह छन् ।

    राष्ट्रियसभामा सुदूरपश्चिमबाट एमालेका चारजना सहभागी छन् । तीमध्ये इन्दु कडरिया विष्ट (कञ्चनपुर), चक्र स्नेही (डडेल्धुरा) र शारदा भट्ट (कैलाली) एमालेमै रहेका छन् । अछामका शेरबहादुर कुँवर नेपाल पक्षलाई साथ दिने बताइएको छ । तर, उनी एमाले–समाजवादीको कमिटीमा अटाएका छैनन् ।

    सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद निर्वाचित भएका थिए । तीमध्ये ८ जना ओली निकट थिए भने ३ जना माधव समूहका थिए ।

    ओली समूहका डोटीका सांसद प्रेम आले अहिले एमाले समाजवादीको केन्द्रीय सदस्य चयन भएका छन् । ओली निकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी एमालेमै छन् ।

    माधव समूहका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्टले एमाले समाजवादीमा साथ दिएका छैनन् ।

    एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन् । तीमध्ये ३ जना ओली समूहका थिए भने २ जना माधव समूहका थिए ।

    अहिले एमाले समाजवादीमा ३ जना समानुपातिक सांसद छन् भने एमालेमा २ जना रहेका छन् । ओली समूहकी कञ्चनपुरकी सांसद विना बुढाथोकी एमाले समाजवादी रहेकी छन् । यद्यपी उनी पनि कमिटिमा भने अटाएकी छैनन् ।

    कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु नेपालसंगै छन् । जैरु केन्द्रीय सदस्य हुन् भने चौधरी कमिटीमा छैनन् । ओलीले कारबाही गरेका १४ जनामध्ये चौधरी पनि एक हुन् ।

    ओली निकट कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक भने एमालेमै यथावत छन् ।
    उता एमाले समाजवादीको केन्द्रीय सदस्य चयन भएकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले नेपालसंग बहुमत सांसद रहेको दाबी गरेकी छन् ।

    ‘निरुकुशता विरुद्ध माधव नेपाल कमरेडको नेतृत्वमा हामीहरु संघर्षमा होमियौँ । पार्टी एकता होस् भन्ने कामना थियो । त्यसका लागि प्रयासहरु पनि भए तर त्यो सम्भव भएन ।’ उनले  कुरा गर्दै भनिन्, ‘माधव कमरेडले नयाँ पार्टी खोल्ने निर्णयमा हामी पनि त्यसलाई समर्थन गरेका छौँ । प्रदेश सभामा हाम्रो संख्या यथावत छ । राम्रो उपस्थिती छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ५ दिन अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • १ हफ्ता अघि

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • १ हफ्ता अघि

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • समाचार
  • १

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • २

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ३

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ४

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ५

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ६

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ७

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • ८

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • ९

    अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

  • १०

    एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution