२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर ।
महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले एक २२ महिने बालकको मृत्यु भएको छ । जिल्लाको दोधारा–चाँदनी नगरपालिका–४ का जयसिंह ठगुन्नाका २२ महिने छोराका मृत्यु भएको हो ।
निमोनियाको समस्या देखिए पछि उपचारका लागि अस्पताल भर्ना भएका छोराको महाकाली अस्पतालका स्वास्थ्यकर्मीले ‘ओभर डोज’ औषधी दिँदा मृत्यु भएको उनको परिवारले आरोप लगाएको छ ।
साउन २४ गते साँझ निमोनियाको समस्या देखिए पछि बालकलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।
‘महेन्द्रनगरको लाइफ केयरमा रगत जाँच ग¥यौँ । त्यहाँ केही समस्या देखिएन । तर एक÷दुई दिन बाफ दिनु पर्ने भने पछि महाकाली अस्पताल भर्ना गरेका थियौँ ।’ जयसिंह ठगुन्नाले भने, ‘अस्पताल आउँदा बच्चा बोलिरहेको थियो, सब ठिकठाक नै थियो ।’
उनका अनुसार अस्पतालका नर्सले सुई लगाए पछि बालकको स्वास्थ्यमा गम्भिर समस्या देखिएको थियो । ‘राती नर्सले एक औषधीको एक सुई लगाए । त्यो बेला पनि केही भएन । अर्को दिन बिहान एकै पल्ट दुई सुई लगाए पछि बच्चा रुन थाल्यो । मुखबाट ¥याल निकालेर अचेत नै भयो ।’ उनले भने, ‘बच्चा रुन थाले पछि हामीले सुई नलगाउन पनि भनेका थियौँ तर डाक्टरले लगाउनु भनेको छ भनेर नर्सले सुई लगाए । बालक त अचेत भयो ।’
साउन २५ गते बालकको स्वास्थ्यमा गम्भिर समस्या देखिए पछि हतार हतार अस्पतालले एम्बुलेन्समा राखेर दुई जना नर्ससंगै धनगढी पठाएको थियो ।
भेन्टिलेटरको खोजीमा धनगढीका निजी अस्पताल धाए । तर दिउँसो मात्रै त्यहीँको नवजीवन अस्पतालमा भेन्टिलेटर पाए पछि बालकलाई त्यहाँ भर्ना गरिएको थियो ।
औषधीको असरले बालकको अवस्था गम्भिर मोडमा पुगेको नवजीवन अस्पतालका चिकित्सकले भनेको जयसिंह बताउँछन् ।
‘बालक बच्ने आशमा एक साता नवजीवन अस्पतालको भेन्टिलेटरमा उपचार ग¥यौँ । तर भदौ १ गते उताबाट पनि फेरी महाकाली अस्पताल नै पठाइ दियो ।’ उनले भने, ‘३÷४ लाख रुपैयाँ पनि सकियो बच्चा पनि बचेन ।’
महाकाली अस्पतालका चिकित्सकहरुको लापरबाहीले छोराको मृत्यु भएको भन्दै जयसिंहले घटनाको सत्य, तथ्य छानविन गरेर चिकित्सकमाथि कारबाहीको माग गरेको छ ।
उता महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरी कुमार श्रेष्ठले औषधीको असरले बालकको मृत्यु भएको हुन सक्ने बताएका छन् ।
‘निमोनियाको औषधी चलिरहेको थियो । एउटा एक दिनमा एक र अर्को एक दिनमा दुई डोज दिनु पर्ने थियो । दोस्रो दिन सुई लगाउँदा बालकमा औषधीले केही असर गरेको देखिन्छ ।’ उनले भने, ‘कसै कसैलाई औषधीले रियाक्सन देखाउँछ तर कोलाई देखाउँछ, त्यो भने थाहा हुँदैन । यो घटनामा पनि यही भएको सम्भावना बढि छ ।’
चिकित्सकले बिरामीको अवस्थालाई मध्यनजर गरेर आवश्यकता अनुसार औषधी दिने गरेको उनी बताउँछन् । ‘औषधीको मात्राको बारेमा छानविन भइरहेको छ । उहाँहरुले बिरामीको अवस्थालाई हेरेर आवश्यकता अनुसार डोज दिने गर्नु हुन्छ ।’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय (कञ्चनपुर) ले घटनाको छानविनका लागि अधिकृत कृष्णानन्द जोशीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । छानविन टोलीले बुधवारदेखि नै काम थालेको छ ।
मृतक बालकको शव अहिले महाकाली अस्पतालमा राखिएको छ । घटनाको सत्य, तथ्य छानविन नहुँदासम्म शवको पोष्टमार्टम गर्न नदिने र शव नबुझ्ने परिवारले अडान लिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी